News Portal

उपत्यकामा गुण्डागर्दी नियन्त्रणका लागि प्रहरीको कडाइ, ७ जना पक्राउ

सामाजिक सञ्जाल ‘टिकटक’ मा तरबार र खुकुरी प्रयोग गरी केक काटेको भिडियो सार्वजनिक भएपछि प्रहरीले सातजनालाई पक्राउ गरेको छ।

संगीता गुरुङ
३४९ पटक

२४ माघ, काठमाडौं – उपत्यकामा पछिल्ला दिनहरूमा बढ्दै गएको गुण्डागर्दी नियन्त्रण गर्न प्रहरीले विशेष अभियान सञ्चालन गरिरहेको छ। यसैक्रममा, सामाजिक सञ्जाल ‘टिकटक’ मा तरबार र खुकुरी प्रयोग गरी केक काटेको भिडियो सार्वजनिक भएपछि प्रहरीले सातजनालाई पक्राउ गरेको छ।

उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी टेक बहादुर तामाङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा गुण्डागर्दी नियन्त्रणका लागि विशेष रणनीति अपनाइरहेको जानकारी दिए। उनका अनुसार, “गुण्डागर्दीमा संलग्न व्यक्तिहरूको विस्तृत प्रोफाइल तयार पार्ने कार्य भइरहेको छ। सूची नवीकरण गरी कानुनी प्रक्रिया अघि बढाइनेछ।”

तरबार र खुकुरी प्रदर्शन गरी आतंक सिर्जना गरेको आरोपमा प्रहरीले सातजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा गोपाल मोक्तान, रोमन मगर, सुमन पराजुली, मनोहर थापा मगर, रोनिस बरामु, रोशन तामाङ र गुन बहादुर गुरुङ रहेका छन्।

प्रहरीका अनुसार, सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्दै भिडियो बनाउने प्रवृत्तिले सर्वसाधारणमा डर र असहजता पैदा गरेको छ। एआईजी तामाङ भन्छन्, “तरबारको प्रयोगले जनमानसमा नकारात्मक प्रभाव पारेको छ, त्यसैले तुरुन्तै कारबाही थालिएको हो।”

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, पक्राउ परेकाहरू जबरजस्ती असुली धन्दा, अनधिकृत लेनदेन तथा संगठित अपराधमा संलग्न रहेको आशंका गरिएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतका अनुसार, “सामाजिक सञ्जालमार्फत ‘शोअफ’ गर्दै जनतामा त्रास उत्पन्न गर्ने कार्य भएको देखिन्छ। उनीहरू अन्य आपराधिक गतिविधिमा समेत संलग्न हुनसक्ने भएकाले थप अनुसन्धान भइरहेको छ।”

प्रहरीले आगामी दिनमा पनि गुण्डागर्दी नियन्त्रणका लागि थप कडा निगरानी राख्ने प्रतिबद्धता जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...