News Portal

नोबेलले मनायो १४ औं बार्षिकोत्सव

हिमाली संचार संवाददाता
६३५ पटक

रबिन्द्र बराल
बिराटनगर : नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिभिन्न कार्यक्रम गरेर १४ औं बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवको अवसरमा उत्कृष्ट कर्मचारी र बिद्यार्थीलाई पुरस्कृत गर्नुका साथै करिव पाँच दर्जन सांस्कृतिक प्रस्तुति पनि देखाईएको हो ।

कार्यक्रमलाई संबोधन गर्दै बिराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नोबेल शिक्षण अस्पताल स्वास्थ्य र शिक्षा क्षेत्रमा उदाहरणीय बन्दै गएको बताए । नोबेल अस्पताल उपचारका क्षेत्रमा फड्को मार्दै गएको भन्दै उनले शिक्षा क्षेत्रमा पनि सर्वोत्कृष्ट नजिता ल्याउँदै उत्कृष्ट सस्थाको रुपमा स्थापित भएको उल्लेख गरे । ‘स्वास्थ्य र शिक्षा दुबै क्षेत्रमा नोबेल अस्पताल उदाहरणीय छ ।’ उनले भने ‘उदाहरणीय भएकै कारण नोबेल अस्पताल सवैका लागि गर्व गर्न लायक बनेको छ ।’ नोबेलले पाउँदै गएको सफलताको प्रशंसा गर्दै महानगर प्रमुख पराजुलीले अझ सफलताको शुभकामना पनि दिए ।

कार्यक्रममा प्रदेशसभा सदस्य केदार कार्कीले नोबेल अस्पताल १ नम्बर प्रदेशको मात्र नभई मुलुककै गर्व गर्न लायक सस्था बनेको जिकिर गरे । नोबेल गरिब र बिपन्न बिरामीको सहाराको रुपमा रहेको भन्दै नेता कार्कीले नोबेललाई संजिवनी पहाडको संज्ञा पनि दिए ।

रेकर्ड ब्रेक गर्दै आएको नोबेललाई विश्वकै उदाहरणीय बनाउँछौ : सञ्चालक डा.शर्मा

नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले स्वास्थ्य र शिक्षा क्षेत्रमा रेकर्ड ब्रेक गर्दै आएको नोबेललाई विश्वकै उदाहरणीय बनाउँने बताएका छन् । सफलता हासिल गर्ने क्रममा नोबेलले धेरै रेकर्ड व्रेक गरिसकेको भन्दै डा.शर्माले अब नोबेललाई विश्वकै उदाहरणीय सस्थाको रुपमा स्थापित गर्ने गरी अघि बढिरहेको बताए ।

नोबेलको न्यूरो सर्जरी सेन्टर नेपालकै नमुना रहेको बताउँदै डा.शर्माले यसरी नै सबै बिभागलाई विकास गर्दै अघि बढ्ने जानकारी दिए । नोबेलले विश्वविद्यालयको रेकर्डमा लगातार तीनबर्ष नेपाल टप गरेको स्मरण गराउँदै डा.शर्माले नेपालमै बढी कर तिरेर हालै नोबेल पुरस्कृत हुन पाएकोमा खुःशी पनि व्यक्त गरे ।

नोबेलका उत्कृष्ट कर्मचारी र विद्यार्थी पुरस्कृत

नोबेल शिक्षण अस्पतालले उत्कृष्ट कर्मचारी र बिद्यार्थीलाई पुरस्कृत गरेको छ । उत्कृष्ट कार्यसम्पादन गर्ने २० जना कर्मचारी र उत्कृष्ट अंकसहित उत्रिर्ण हुने २४ जना बिद्यार्थीलाई बार्षिकोत्सवको अवसरमा सम्मान एवं पुरस्कृत गरिएको हो ।

कार्यक्रममा बिराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, नोबेल अस्पतालका अध्यक्ष लोेकनाथ न्यौपाने, सञ्चालक डा.सुनिल शर्मा, प्रवन्ध निर्देशक इन्दिरा शर्मा, अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.भोगेन्द्र प्रसाद आचार्य, प्राचार्य डा.रामहरी घिमिरे, अस्पताल निर्देशक डा.राजेश नेपाल लगायतले उनीहरुलाई पुरस्कृत गरेका थिए ।

उत्कृष्ट कर्मचारीहरुलाई खादा र प्रमाणपत्रका साथै जनहि ५ हजारदेखि २५ हजारसम्म नगदसहित पुरस्कृत गरिएको अस्पतालका प्रशासकीय अधिकृत दिपेश राईले बताए ।बिद्यार्थीहरुलाई पनि खादा लगाएर प्रमाणपत्र प्रदान गरी सम्मानित गरिएको छ ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...