News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • सशस्त्र द्धन्द्धका समयमा गाउँका विवाद मिलाउन तम्सिने प्रचण्ड आफ्ना दुई बुहारी भएको सार्वजनिक गर्न किन डराउछ्न ?

    हिमाली संचार संवाददाता
    ५६१ पटक

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नैतिकतामाथि प्रश्नचिन्ह खडा भएको छ । सशस्त्र द्धन्द्धका समयमा जनसरकार गठन गरेर गाउँका विवाद मिलाउने तम्सिने प्रचण्डले अहिले आफ्नै घरमा परेका बेला काखा र पाखाको नीति ल्याएका छन् ।

    उनले पुत्र प्रकाशका दुई जना श्रीमती भएको स्पष्ट हुँदाहुँदै प्रकाशको स्मृतिमा तयार भएको पुस्तकमा दोस्री श्रीमती सिर्जना त्रिपाठीको नाम राखेका छैनन् ।तर सिर्जनाका छोराको नाम भने छ । नेताले समाजको प्रतिनिधित्व गर्छ । तर प्रचण्डले एक अभिभावकको समेत भूमिका निर्वाह गर्न नसकेको भन्दै आलोचना भएको छ ।

    प्रचण्डले सोमबार पुस्तक सार्वजनिक कार्यक्रममा आफ्नै निवास खुमलटारमा भनेका थिए, ‘प्रकाशका लुकेका कुराहरु समेट्ने प्रयास गरिएको छ ।’ तर दुनियाँलाई थाहा भएको यथार्थलाई त सार्वजनिक गर्न डराउने प्रचण्डले लुकेका कुराहरुलाई कसरी सार्वजनिक गरे त भन्ने प्रश्न झन् टडकारो बनेको छ ।

    प्रचण्डले सिर्जनाको छोरो प्रसिद्धलाई नाति भनेर चिनाउने तर नाति प्रसिद्धको आमा भनेर चिनाउन भने डराउने नीतिले प्रचण्डको राजनीतिक करियर कति झुठो र कति साँचो भनी सामाजिक संजालहरुमा प्रतिक्रियासमेत आउन थालेका छन् ।

    सिर्जनालाई बुहारी नबनाउन सबैभन्दा ठूलो दबाब उनले मानेकी बुहारी बिना मगर (हालकी मन्त्री) को दबाब बढी भएको स्रोत बताउँछ ।

    गत वर्ष प्रकाशको मंसिर ३ गते नर्भिक अस्पतालमा निधन हुँदा पनि सिर्जनालाई नजिक पर्न दिइएको थिएन । ०६४ साल माघ ५ गते प्रकाशले सिर्जनासंग मागी बिहे गरेका थिए । पछि प्रकाशले आमाले जवरजस्ती बिहे गरिदिएको भनेर समेत प्रतिक्रिया दिएका थिए । सिर्जनाले कुनै समय लेखेकी थिइन् हाम्रो विवाह दर्ता पनि भएको छैन । छोरा प्रसिद्धको जन्मदर्ता गर्न पनि सकेकी छैन ।’ तीन वर्षअघि सिर्जनाले सासुको व्यवहार सहन नसकेर पोखरामा रहेको बताएकी थिइन् ।

    प्रचण्डले फराकिलो छाति गरेर दोस्री बुहारीको अन्यायलाई पनि न्याय दिन सकेको भए सामाजिक बन्थे कि भन्ने प्रतिक्रियाहरु आइरहेका छन् । नाति प्रसिद्धलाई समाजमा स्थापित गर्दै गर्दा बुहारी सिर्जना कसरी प्रचण्डका लागि किन काउछो बनिन् ?

    प्रकाशको असामयिक निधनले उनका बाबु प्रचण्ड र आमा सीतामाथि ठूलो बज्रपात परेको छ । त्यत्तिकै बज्रपात प्रकाशका छोराहरुलाई पनि परेको छ । जब प्रसिद्ध बुझ्ने हुन्छन् तब उनीहरुलाई बाबुको अभाव थप महसुस हुनेछ । अनि त्यतिबेला नातिले आमाको बारेमा सोध्दा प्रचण्ड र सीताले जवाफ के दिन्छन् ? हाम्राकुराबाट

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख ८, २०८२ (अप्रिल २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    देउवालाई कांग्रेस नेताहरूको प्रश्न: सिंगापुर उपचारपछि बैंकक फलोअप, के हो रहस्य?

    ७ वैशाख, काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवालाई हालै स्वास्थ्य उपचारका लागि सिंगापुर र बैंककको...

    कलंकी ग्याङफाइट : अभय तामाङ हत्यामा २१ जनाविरुद्ध ज्यान मुद्दा, सर्वोच्च अदालतको नजिर अनुसार कारबाही अघि बढ्दै

    काठमाडौं, वैशाख ७ – काठमाडौंको कलंकीस्थित खड्कागाउँमा भएको ग्याङफाइट प्रकरणमा २३ वर्षीय अभय तामाङको हत्या...

    रवि लामिछानेको सर्वोच्चमा निवेदन : “म गैरकानुनी रूपमा थुनामा छु”

    काठमाडौं, वैशाख ७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई बिना कानुनी प्रक्रिया...

    राप्रपाको प्रदर्शनबाट अध्यक्ष लिङ्देनसहित सात जना पक्राउ

    काठमाडौं, वैशाख ७ – राजधानी काठमाडौंमा आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको विरोध प्रदर्शनका...