News Portal

रास्वपा सभापति लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदै

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा बिहीबार धरौटीमा रिहा भएका रास्वपा सभापति रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदैछन्।

संगीता गुरुङ
२७० पटक

काठमाडौं, पुस २६ – पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा बिहीबार धरौटीमा रिहा भएका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदैछन्।

लामिछानेविरुद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकोले उनी आफैं अदालतमा उपस्थित हुन लागेका हुन्।

जिल्ला अदालत कास्कीले ६५ लाख धरौटी बुझाएर लामिछानेलाई रिहा गरेको थियो। न्यायाधीश नितिज कुमार राईको आदेशमा उनलाई बिहीबार परिवारको जिम्मा लगाइएको हो।

सोही मुद्दामा छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ, र आरती गुरूङ समेत धरौटीमा रिहा भएका छन्।

सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा सरकारी वकिलको कार्यालयले हालसम्म ६३ जनाविरुद्ध मुद्दा चलाएको छ। धरौटीमा छुटेकाहरूको मुद्दामा थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...