News Portal

रास्वपा सभापति लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदै

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा बिहीबार धरौटीमा रिहा भएका रास्वपा सभापति रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदैछन्।

संगीता गुरुङ
२०० पटक

काठमाडौं, पुस २६ – पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा बिहीबार धरौटीमा रिहा भएका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदैछन्।

लामिछानेविरुद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकोले उनी आफैं अदालतमा उपस्थित हुन लागेका हुन्।

जिल्ला अदालत कास्कीले ६५ लाख धरौटी बुझाएर लामिछानेलाई रिहा गरेको थियो। न्यायाधीश नितिज कुमार राईको आदेशमा उनलाई बिहीबार परिवारको जिम्मा लगाइएको हो।

सोही मुद्दामा छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ, र आरती गुरूङ समेत धरौटीमा रिहा भएका छन्।

सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा सरकारी वकिलको कार्यालयले हालसम्म ६३ जनाविरुद्ध मुद्दा चलाएको छ। धरौटीमा छुटेकाहरूको मुद्दामा थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...