News Portal

सल्यानमा दुई बालिकाको हत्या, आमा पक्राउ

बालिकाहरूको घाँटीमा डाम देखेपछि प्रहरीको शङ्काले पूर्णिमालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले आफ्नै छोरीहरूको हत्या गरेको स्वीकार गरेकी छन्।

संगीता गुरुङ
४३२ पटक

सल्यानको कुपिण्डे नगरपालिका–११ सिस्नेपातालमा बुधवार बिहान ३ वर्ष र ६ महिनाका दुई बालिका मृत अवस्थामा भेटिए। मृतकहरू १७ वर्षीया पूर्णिमा रानाकी छोरीहरू हुन्। बालिकाहरूको घाँटीमा डाम देखेपछि प्रहरीको शङ्काले पूर्णिमालाई नियन्त्रणमा लियो। सोधपुछमा उनले आफ्नै छोरीहरूको हत्या गरेको स्वीकार गरेकी छन्।

प्रारम्भिक अनुसन्धान अनुसार, पूर्णिमाले घरको बलोमा सल बाँधेर छोरीहरूलाई झुन्ड्याएर हत्या गरेकी हुन्। १४ वर्षको उमेरमा टेकमान रानासँग विवाह गरेकी पूर्णिमाले श्रीमान्ले छोरीहरू आफ्नो नभएको भन्दै शङ्का गरेपछि हत्या गरेको बताइन्। तर, श्रीमान् – श्रीमतीबीच झगडाको प्रमाण फेला परेको छैन।

घटनास्थलमा छिमेकीहरूको उपस्थितिमा बालिकाहरू मृत फेला परेपछि प्रहरीले अनुसन्धान थालेको हो। शव पोस्टमार्टमका लागि पठाइएको छ भने श्रीमान् टेकमानको जाहेरीपछि कानूनी प्रक्रिया अघि बढाइने डीएसपी केशर न्यौपानेले बताएका छन्।

प्रतिकृया दिनुहोस्

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...