News Portal

सल्यानमा दुई बालिकाको हत्या, आमा पक्राउ

बालिकाहरूको घाँटीमा डाम देखेपछि प्रहरीको शङ्काले पूर्णिमालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले आफ्नै छोरीहरूको हत्या गरेको स्वीकार गरेकी छन्।

संगीता गुरुङ
५०४ पटक

सल्यानको कुपिण्डे नगरपालिका–११ सिस्नेपातालमा बुधवार बिहान ३ वर्ष र ६ महिनाका दुई बालिका मृत अवस्थामा भेटिए। मृतकहरू १७ वर्षीया पूर्णिमा रानाकी छोरीहरू हुन्। बालिकाहरूको घाँटीमा डाम देखेपछि प्रहरीको शङ्काले पूर्णिमालाई नियन्त्रणमा लियो। सोधपुछमा उनले आफ्नै छोरीहरूको हत्या गरेको स्वीकार गरेकी छन्।

प्रारम्भिक अनुसन्धान अनुसार, पूर्णिमाले घरको बलोमा सल बाँधेर छोरीहरूलाई झुन्ड्याएर हत्या गरेकी हुन्। १४ वर्षको उमेरमा टेकमान रानासँग विवाह गरेकी पूर्णिमाले श्रीमान्ले छोरीहरू आफ्नो नभएको भन्दै शङ्का गरेपछि हत्या गरेको बताइन्। तर, श्रीमान् – श्रीमतीबीच झगडाको प्रमाण फेला परेको छैन।

घटनास्थलमा छिमेकीहरूको उपस्थितिमा बालिकाहरू मृत फेला परेपछि प्रहरीले अनुसन्धान थालेको हो। शव पोस्टमार्टमका लागि पठाइएको छ भने श्रीमान् टेकमानको जाहेरीपछि कानूनी प्रक्रिया अघि बढाइने डीएसपी केशर न्यौपानेले बताएका छन्।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...