News Portal

पोखरा: सूर्यदर्शन सहकारी बचत अपचलन मुद्दामा जवाफी बहस सकियो, आदेशको पर्खाइ

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतमा सरकारी वकिलको जवाफी बहस सकिएको छ।

संगीता गुरुङ
२८१ पटक

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतमा सरकारी वकिलको जवाफी बहस सकिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सहित सात जना प्रतिवादी विरुद्धको बहस आज समाप्त भएको हो।

जिल्ला सरकारी वकिल कार्यालयकी न्यायाधिवक्ता कमला काफ्ले र उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता गोविन्द गौलीले प्रतिवादीहरूका विषयमा जवाफी बहस गरेका थिए। अब प्रतिवादीलाई आफ्ना तर्क राख्न समय दिने प्रक्रिया अघि बढ्ने बताइएको छ।

सुरक्षा व्यवस्था कडा पारिएको छ। अदालत परिसर र आसपास प्रहरीको कडा निगरानी छ, र सडकमा अन्य मानिसहरूको उपस्थिति न्यून रहेको छ।

यो मुद्दाको आदेश आजै आउने सम्भावना रहेको छ। न्यायाधीश नीतिज राईको इजलासमा पुस १६ गतेदेखि सात जना प्रतिवादीहरूको थुनछेक बहस जारी छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...