News Portal

दुर्गा प्रसाईंसहित तीनजनाविरुद्ध आपराधिक लाभको मुद्दा दर्ता

नेपाल राष्ट्र बैंकका अधिकारी र व्यवसायीलाई धम्की दिएको आरोपमा दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ।

संगीता गुरुङ
२३८ पटक

२५ पुस, काठमाडौं – नेपाल राष्ट्र बैंकका अधिकारी र व्यवसायीलाई धम्की दिएको आरोपमा दुर्गा प्रसाईं सहित तीन जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ।

प्रसाईंसँगै झापाका हरिचन्द्र फुयल र रामचन्द्र मैनालीमाथि संगठित आपराधिक लाभ लिएको आरोप छ। फुयललाई पक्राउ गरेपछि प्रहरीले घटनामा प्रसाईंचो संलग्नता पत्ता लगाएको हो।

धम्कीका अडियो प्रमाणहरू प्रहरीले मिसिलमा समावेश गरेको छ। अडियोमा प्रसाईंले पाँच लाख रुपैयाँको लेनदेनबारे निर्देशन दिएको पाइएको छ।

यसअघि, व्यवसायीलाई भारतीय नम्बरबाट ज्यान मार्ने धम्की आएको उजुरी प्रहरीमा परेको थियो। प्रसाईंसँगै अरु व्यक्तिहरूको नाम पनि फुयलले बयानमा उल्लेख गरेका छन्।

प्रसाईंले सबै आरोप अस्वीकार गरेका छन्। तर, डिजिटिल फरेन्सिक जाँचले अडियोमा उनकाे आवाज पुष्टि गरेको छ।

मामलामा अन्य आरोपीहरू अझै फरार छन्।

प्रतिकृया दिनुहोस्

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...