News Portal

नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले चीनमा गएको भूकम्पप्रति समवेदना व्यक्त गरे

नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीले चीनमा गएको भूकम्पप्रति सामाजिक सञ्जाल मार्फत दु:ख व्यक्त गरेका छन्।

संगीता गुरुङ
२६३ पटक

पुस २३,काठमाडौं – चीनको तिब्बत क्षेत्रमा गएको ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पले ९५ जनाको ज्यान लिएको र १३० भन्दा बढी घाइते भएको घटनाप्रति राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीले गहिरो दुःख व्यक्त गरेका छन्।

राष्ट्रपति पौडेलले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत चीन सरकार र जनतासँग सहानुभूति व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

प्रधानमन्त्री ओलीले पनि राष्ट्रपति सी चिनफिङलाई सम्बोधन गर्दै शोक सन्तप्त परिवारहरू प्रति समवेदना व्यक्त गरेका छन्। उनले नेपाल चीनको साथमा रहेको बताएका छन्।

भूकम्पले नेपालमा केही संरचनामा क्षति पुगेको र मानिस घाइते भए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २४ गतेको राशिफल

आज पुष २४, २०८२ (जनवरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अमेरिकाले नेपाली नागरिकका लागि भिसा आवेदनमा धरौटी अनिवार्य बनायो

काठमाडौँ, २३ पुष – अमेरिकी विदेश मन्त्रालयले नेपाली नागरिकले पर्यटक वा व्यावसायिक (बी–१/बी–२) भिसा आवेदन...

कुलमान घिसिङ काठमाडौँ–३ बाट प्रतिनिधिसभा चुनावमा उठ्ने तयारीमा

काठमाडौं, २३ पुष – ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका नागरिक...

ज्ञानेन्द्र शाही रास्वपामा प्रवेशको तयारीमा, बालेनसँगको भेटपछि असन्तोष

काठमाडौं, २३ पुष – राप्रपा प्रवक्ता एवं पूर्वसांसद ज्ञानेन्द्र शाही रास्वपाका नेताहरूसँग लगातार भेटघाट गर्दै...

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...