News Portal

नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले चीनमा गएको भूकम्पप्रति समवेदना व्यक्त गरे

नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीले चीनमा गएको भूकम्पप्रति सामाजिक सञ्जाल मार्फत दु:ख व्यक्त गरेका छन्।

संगीता गुरुङ
४०२ पटक

पुस २३,काठमाडौं – चीनको तिब्बत क्षेत्रमा गएको ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पले ९५ जनाको ज्यान लिएको र १३० भन्दा बढी घाइते भएको घटनाप्रति राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीले गहिरो दुःख व्यक्त गरेका छन्।

राष्ट्रपति पौडेलले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत चीन सरकार र जनतासँग सहानुभूति व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

प्रधानमन्त्री ओलीले पनि राष्ट्रपति सी चिनफिङलाई सम्बोधन गर्दै शोक सन्तप्त परिवारहरू प्रति समवेदना व्यक्त गरेका छन्। उनले नेपाल चीनको साथमा रहेको बताएका छन्।

भूकम्पले नेपालमा केही संरचनामा क्षति पुगेको र मानिस घाइते भए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...