News Portal

नेपालमा भूकम्पको धक्का: सामान्य क्षति, मानवीय क्षति नभएको पुष्टि

आज (मंगलबार) बिहान ६:५० मा नेपालमा भूकम्पको झट्का महसुस गरियो। यो भूकम्प चीनको तिब्बतस्थित डिंग्री काउन्टी केन्द्रबिन्दु बनाएर ७ म्याग्नेच्युटको थियो।

संगीता गुरुङ
३३० पटक

पुस २३, काठमाडौँ – आज (मंगलबार) बिहान ६:५० मा नेपालमा भूकम्पको झट्का महसुस गरियो। यो भूकम्प चीनको तिब्बतस्थित डिंग्री काउन्टी केन्द्रबिन्दु बनाएर ७ म्याग्नेच्युटको थियो।

भूकम्पको धक्का काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँमा महसुस भयो। काठमाडौंको स्युचाटारमा एक व्यक्तिले डरका कारण डेढतले घरको छतबाट हामफाल्दा दुवै खुट्टामा चोट लागेको छ। उनलाई मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकको भोटेकोसे गाउँपालिकास्थित प्रहरी चौकीको भवन चर्किएको छ भने रामेछापमा एउटा गोठमा क्षति पुगेको छ। ओखलढुंगा र सोलुखुम्बुमा मानिस नबस्ने केही घरहरू भत्किएका छन्।

बाराको कलैयास्थित त्रिचन्द्र माविका ११ जना विद्यार्थी भूकम्पको धक्कापछि बेहोस भएका थिए। उनीहरूको प्रादेशिक अस्पतालमा उपचारपछि स्वास्थ्य सुधार भई डिस्चार्ज गरिएको छ।

नेपाल प्रहरीका अनुसार भूकम्पले देशभर कुनै मानवीय क्षति भएको छैन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...