News Portal

नेपालमा भूकम्पको धक्का: सामान्य क्षति, मानवीय क्षति नभएको पुष्टि

आज (मंगलबार) बिहान ६:५० मा नेपालमा भूकम्पको झट्का महसुस गरियो। यो भूकम्प चीनको तिब्बतस्थित डिंग्री काउन्टी केन्द्रबिन्दु बनाएर ७ म्याग्नेच्युटको थियो।

संगीता गुरुङ
२५६ पटक

पुस २३, काठमाडौँ – आज (मंगलबार) बिहान ६:५० मा नेपालमा भूकम्पको झट्का महसुस गरियो। यो भूकम्प चीनको तिब्बतस्थित डिंग्री काउन्टी केन्द्रबिन्दु बनाएर ७ म्याग्नेच्युटको थियो।

भूकम्पको धक्का काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँमा महसुस भयो। काठमाडौंको स्युचाटारमा एक व्यक्तिले डरका कारण डेढतले घरको छतबाट हामफाल्दा दुवै खुट्टामा चोट लागेको छ। उनलाई मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकको भोटेकोसे गाउँपालिकास्थित प्रहरी चौकीको भवन चर्किएको छ भने रामेछापमा एउटा गोठमा क्षति पुगेको छ। ओखलढुंगा र सोलुखुम्बुमा मानिस नबस्ने केही घरहरू भत्किएका छन्।

बाराको कलैयास्थित त्रिचन्द्र माविका ११ जना विद्यार्थी भूकम्पको धक्कापछि बेहोस भएका थिए। उनीहरूको प्रादेशिक अस्पतालमा उपचारपछि स्वास्थ्य सुधार भई डिस्चार्ज गरिएको छ।

नेपाल प्रहरीका अनुसार भूकम्पले देशभर कुनै मानवीय क्षति भएको छैन।

प्रतिकृया दिनुहोस्

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...

माघ ४ बाट होटल फरेष्ट इनको आइपिओ खुल्दै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो अवसर

काठमाडौं, पुस २४ – होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)...

तराईमा शीतलहर बढ्यो, जनजीवन प्रभावित

काठमाडौ -तराईका जिल्लाहरूमा बाक्लो हुस्सु र चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको छ। बिहानैदेखि सडक...