News Portal

भारतमा एचएमपीभी भाइरस देखियो, सरकार सतर्क

चीनलाई आतंकित बनाइरहेको ह्युमन मेटाप्युमोभाइरस (एचएमपीभी) भारतमा पनि देखिएको छ।

हिमालीसंचार संवाददाता
२३९ पटक

नयाँ दिल्ली – चीनलाई आतंकित बनाइरहेको ह्युमन मेटाप्युमोभाइरस (एचएमपीभी) भारतमा पनि देखिएको छ। पहिलोपटक बैंगलुरुको एक निजी अस्पतालमा आठ महिनाको बालकमा यो भाइरसको संक्रमण पुष्टि भएको छ। ती बालक विदेश नगएका भए पनि भाइरसको परीक्षण सकारात्मक देखिएको छ।

चीनमा एचएमपीभी भाइरस फैलन थालेपछि भारत सरकारले अलर्ट जारी गरेको थियो। महाराष्ट्र, केरला र तेलंगानाले सतर्कता अपनाउँदै सरसफाइ र रुघाखोकीका बिरामीहरूको निगरानी बढाएका छन्।

एचएमपीभी एक आरएनए भाइरस हो, जसले श्वासप्रश्वास र फोक्सोमा असर गर्छ। फ्लू जस्तै लक्षण देखाउने यो भाइरस विशेष गरी बालबालिका र वृद्धवृद्धामा घातक हुने गर्छ। सन् २००१ मा पत्ता लागेको यो भाइरसको खोप अहिलेसम्म बनेको छैन।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...