News Portal

भारतमा एचएमपीभी भाइरस देखियो, सरकार सतर्क

चीनलाई आतंकित बनाइरहेको ह्युमन मेटाप्युमोभाइरस (एचएमपीभी) भारतमा पनि देखिएको छ।

हिमालीसंचार संवाददाता
२८९ पटक

नयाँ दिल्ली – चीनलाई आतंकित बनाइरहेको ह्युमन मेटाप्युमोभाइरस (एचएमपीभी) भारतमा पनि देखिएको छ। पहिलोपटक बैंगलुरुको एक निजी अस्पतालमा आठ महिनाको बालकमा यो भाइरसको संक्रमण पुष्टि भएको छ। ती बालक विदेश नगएका भए पनि भाइरसको परीक्षण सकारात्मक देखिएको छ।

चीनमा एचएमपीभी भाइरस फैलन थालेपछि भारत सरकारले अलर्ट जारी गरेको थियो। महाराष्ट्र, केरला र तेलंगानाले सतर्कता अपनाउँदै सरसफाइ र रुघाखोकीका बिरामीहरूको निगरानी बढाएका छन्।

एचएमपीभी एक आरएनए भाइरस हो, जसले श्वासप्रश्वास र फोक्सोमा असर गर्छ। फ्लू जस्तै लक्षण देखाउने यो भाइरस विशेष गरी बालबालिका र वृद्धवृद्धामा घातक हुने गर्छ। सन् २००१ मा पत्ता लागेको यो भाइरसको खोप अहिलेसम्म बनेको छैन।

प्रतिकृया दिनुहोस्

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...