News Portal

रवि लामिछानेको बयान: ‘जिबी राई र रविना रिमालको अनुमति बिना चेक जारी हुँदैनथ्यो

लामिछानेले आफ्नो भूमिकाबारे बयान दिँदै कुनै चेक काट्ने निर्णय जिबी राई र उनकी विश्वास पात्र रविना रिमालको अनुमतिबिना सम्भव नभएको बताएका छन्।

संगीता गुरुङ
२०७ पटक

काठमाडौं, पुस २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलन प्रकरणमा आफ्नो भूमिका सीमित रहेको दाबी गरेका छन्।

आइतबार जिल्ला अदालत काठमाडौंमा स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन आरोपमा लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। यस प्रकरणमा लामिछानेले आफ्नो भूमिकाबारे बयान दिँदै कुनै चेक काट्ने निर्णय जिबी राई र उनकी विश्वास पात्र रविना रिमालको अनुमतिबिना सम्भव नभएको बताएका छन्।

लामिछानेले भने, “भुक्तानी दिनुपर्ने रकमको विवरण जिबी राईले आफ्नी विश्वास पात्र रविना रिमालमार्फत यकिन गरेपछि मात्रै चेक जारी हुने गर्दथे। मेरो भूमिका मात्र हस्ताक्षरकर्ताको रूपमा सीमित थियो।”

रविना रिमाल जिबी ग्रुप अफ कम्पनिजकी कर्मचारी तथा लेखापाल हुन्। लामिछानेले गोर्खा मिडिया नेटवर्कमा कुनै पनि भुक्तानीका लागि रिमालको अनुमति आवश्यक पर्ने बताएका छन्।

सभापति लामिछानेले आफूले कम्पनीका चेकमा हस्ताक्षर गरे पनि लगानीकर्ता वा वित्तीय जिम्मेवारी आफूले नलिएको दाबी गरेका छन्। उनले गोर्खा मिडियामा कुनै सहकारीसँग ऋण लिने वा रकम ल्याउने सम्झौता नगरेको समेत बताएका छन्।

यस प्रकरणमा अदालतले अनुसन्धान सुरु गरेको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...