News Portal

रौतहटमा जंगली हात्तीको आतंक, छवटा घरमा क्षति

रौतहटको गुजरा नगरपालिका-३ स्थित जंगलसहिया पशुपति टोलमा गएराति जंगली हात्तीको आक्रमणले छवटा घरमा क्षति पुगेको छ।

संगीता गुरुङ
१८६ पटक

रौतहट — रौतहटको गुजरा नगरपालिका-३ स्थित जंगलसहिया पशुपति टोलमा गएराति जंगली हात्तीको आक्रमणले छवटा घरमा क्षति पुगेको छ।

प्रहरीका अनुसार, बिहान करिब २:३० बजे आएको जंगली हात्तीले स्थानीय अर्जुन शाही ठकुरी, रामकुमार शाही ठकुरी, श्याम बहादुर महरा, पूर्ण बहादुर महरा, भुटा महरा र हरेन्द्र पासवानको घरमा ठूलो क्षति पुर्‍याएको छ।

प्रहरी चौकी हरिनगर पोखरभिन्डाका प्रमुख असई हलचल मियाँले घटनाको पुष्टि गर्दै हात्तीले पुर्‍याएको क्षतिको विवरण संकलन भइरहेको जानकारी दिएका छन्।

यस क्षेत्रका बासिन्दाले जंगली हात्तीको आतंकबाट जोगिन उचित कदम चाल्न सम्बन्धित निकायलाई अपिल गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...