News Portal

दीपक मनाङेले पुनरावेदनमा गरेको दाबी अस्वीकार, पाँच वर्षको कैद ठहर

सर्वोच्चले मनाङेको हकमा पाँच वर्ष कैदको फैसला सुनाउँदै, उनलाई घटनास्थलमा उपस्थित नभएको दाबीलाई प्रमाणित गर्नको जिम्मेवारी पनि अभियुक्तकै रहेको बताएको छ।

संगीता गुरुङ
३३३ पटक

पुस २१, काठमाडौँ – सर्वोच्च अदालतले गण्डकी प्रदेश सभाका निलम्बित सांसद दीपक मनाङेउर्फ राजीव गुरुङको ज्यान मार्ने उद्योगको मुद्दामा फैसला गर्दै कुख्यात अपराधी चार्ल्स शोभराजको नजिरलाई कोट गरेको छ। अदालतले मनाङेले घटनामा संलग्नता अस्वीकार गर्दा, उनका द्वारा अन्यत्र भएको दाबीलाई प्रमाणित गर्न असफल भएको ठहर्‍यायो।

सर्वोच्चले मनाङेको हकमा पाँच वर्ष कैदको फैसला सुनाउँदै, उनलाई घटनास्थलमा उपस्थित नभएको दाबीलाई प्रमाणित गर्नको जिम्मेवारी पनि अभियुक्तकै रहेको बताएको छ। अदालतको निर्णयमा भनिएको छ कि आफू अन्यत्र रहेको दाबी प्रमाणित गर्न सकेन भने, दोषी ठहर गरिनेछ।

मनाङेले पुनरावेदनका लागि सर्वोच्चमा अर्जी दिएको थियो, र अदालतले पुनरावेदनमा पूर्णपाठको आधारमा उक्त निर्णयलाई सदर गरेको छ। अहिले मनाङे थुनामा रहेका छन् र उनको बाँकी कैद कार्यान्वयन भइरहेको छ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...