News Portal

सूर्यदर्शन सहकारी प्रकरण: रवि लामिछानेसहित सात जनाको थुनछेक बहस जारी

बचत रकम अपचलन मुद्दामा रवि लामिछानेसहित सात प्रतिवादीको थुनछेक बहस कास्की जिल्ला अदालतमा जारी छ।

संगीता गुरुङ
३५२ पटक

पुस १९, कास्की – सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीको थुनछेक बहस कास्की जिल्ला अदालतमा जारी छ।

शुक्रबारदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीहरूको बहस सुरु भएको थियो। आज पनि लीला पछाईँ र छविलाल जोशी पक्षका कानुन व्यवसायीहरूको बहस जारी रहने अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए।

जिल्ला सरकारी वकिलको कार्यालयले पुस ७ गते लामिछानेसहित ४४ जनाविरुद्ध सहकारीको रकम अपचलन, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दर्ता गरेको हो। हालसम्म ६३ जनाविरुद्ध मुद्दा दर्ता भइसकेको छ।

थुनछेक बहसपछि प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राख्ने कि थुनामुक्त गर्ने भन्ने निर्णय हुनेछ। लामिछानेसहितका केही प्रतिवादी कात्तिक २ गते पक्राउ परेका थिए।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...