News Portal

पृथ्वी जयन्तीमा राप्रपाद्वारा एकता र्‍याली तथा चियापान कार्यक्रम

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा दरबारमार्गस्थित महेन्द्र शालिकदेखि सिंहदरबार अगाडिको पृथ्वी शालिकसम्म राष्ट्रिय एकता र्‍याली आयोजना गर्ने भएको छ।

संगीता गुरुङ
२२६ पटक

१९ पुस, काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा दरबारमार्गस्थित महेन्द्र शालिकदेखि सिंहदरबार अगाडिको पृथ्वी शालिकसम्म राष्ट्रिय एकता र्‍याली आयोजना गर्ने भएको छ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका वरिष्ठ नेताहरू र्‍यालीमा सहभागी हुनेछन्। विभिन्न भेषभूषा र झाँकीसहितको र्‍यालीपछि पृथ्वी शालिकमा पुष्पगुच्छा अर्पण गरिनेछ।

सोही दिन राप्रपाले चियापान कार्यक्रम पनि आयोजना गरेको छ। कार्यक्रममा प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका नेताहरू, विदेशी कूटनीतिक प्रतिनिधि, कलाकार, खेलाडी लगायतलाई निमन्त्रणा पठाइएको छ।

यसैगरी, पुस २५ गते राप्रपा सम्बद्ध प्राज्ञिक परिषद्ले “राष्ट्र निर्माणमा पृथ्वी नारायण शाहको योगदान” विषयक विचार गोष्ठी आयोजना गर्नेछ।

सरकारले यस वर्ष पृथ्वी जयन्तीमा सार्वजनिक बिदा घोषणा गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...