News Portal

बागमती होटल घटना: फरार युवकको नाममा कोठा बुक

बागमती होटल घटनामा फरार भएका युवकको नाम सार्वजनिक भएको छ।

संगीता गुरुङ
२७३ पटक

काठमाडौँ — काठमाडौँ महानगरपालिका–९ स्थित गौशालामा रहेको बागमती होटलमा पुस १६ गते कागेश्वरी मनोहरा नगरपालिकाको आलापोट घर भएकी ३० वर्षीया सुस्मिता होटलको ३०८ नम्बर कोठामा मृत अवस्थामा फेला परेकी थिइन्।

घटनास्थलमा कुनै घाउचोटका निशान नभेटिए पनि प्रहरीले हत्या भएको हुन सक्ने आशंका गरेका थिए। हालसम्म मृत्युको कारण खुल्न सकेको छैन।

घटनाको दिन मध्यान्ह सुस्मिता उक्त होटलमा एक युवकसँग पुगेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। तर, ती युवक घटना पछि फरार भएका छन्। होटलमा बुक भएको कोठा ओखलढुंगा घर भई जापान बस्दै आएका देव बहादुर थापाको नाममा रहेको प्रहरीले जानकारी दिएको छ। थापाले होटलमा आफ्नो सवारी चालक अनुमति पत्रको फोटोकपी बुझाएको फेला परेको छ।

प्रहरीका अनुसार युवकका परिवार कागेश्वरी मनोहरा नगरपालिका–आलापोटमा बस्दै आएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीका अनुसार फरार युवकको खोजी जारी छ।

सुस्मिताको मृत्युको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...