News Portal

गौशालास्थित होटलमा युवतीको मृत्यु, हत्या आशंका

गौशालास्थित होटल बागमतीको कोठा नम्बर ३०८ मा २१ वर्षीया युवती मृत फेला परेकी छन्।

संगीता गुरुङ
३१० पटक

काठमाडौँ, पुस १८ – काठमाडौँ महानगरपालिका-९ गौशालास्थित होटल बागमतीको कोठा नम्बर ३०८ मा २१ वर्षीया सुस्मिता खड्का मृत फेला परेकी छन्। कागेश्वरी मनोहरा नगरपालिका आलापोट घर भएकी सुस्मिता कलेजसँगै जापानी भाषा कक्षा लिइरहेकी थिइन्।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा सुस्मिताको हत्या भएको आशंका गरेको छ। उनी पुस १६ मा एक युवकसँग होटल गएकी थिइन्। ती युवक होटलको ढोकामा बाहिरबाट ताला लगाएर फरार भएका छन्। अनुसन्धानमा ती युवक तीन वर्षदेखि जापानमा बस्दै आएका र मंसिर ३० मा छुट्टीमा नेपाल आएको खुलेको छ।

प्रहरीका अनुसार सुस्मिताको शरीरमा चोटपटक नदेखिएकोले मृत्युको कारण पोष्टमार्टमपछि मात्र पुष्टि हुनेछ। ती युवक पुस १७ मा जापान फर्किने तयारीमा रहेको पाइएको छ।

मृतकका परिवारले प्रहरी वृत्त गौशालामा जाहेरी दिएका छन्। घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान जारी राखेका छन्। सुस्मिताको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।

प्रतिकृया दिनुहोस्

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...