News Portal

बाँकेमा कुष्ठरोगको बढ्दो असर, सामुदायिक सचेतना आवश्यक

पछिल्लो एक वर्षमा बाँकेमा ८४ नयाँ कुष्ठरोगी पहिचान भएपछि जिल्लालाई कुष्ठरोगको उच्च जोखिममा रहेको मानिएको छ।

संगीता गुरुङ
३२६ पटक

बाँके: पछिल्लो एक वर्षमा बाँकेमा ८४ नयाँ कुष्ठरोगी पहिचान भएपछि जिल्लालाई कुष्ठरोगको उच्च जोखिममा रहेको मानिएको छ। जानकी गाउँपालिका–३ स्थित आइएनएफद्वारा सञ्चालित साइनिङ अस्पतालमा गत आर्थिक वर्ष २०८०/८१ मा १४६ नयाँ कुष्ठरोगी पहिचान भएका थिए, जसमा बाँकेका बिरामीको संख्या सबैभन्दा बढी छ।

अस्पतालका प्रमुख मङ्गल बहादुर थारुका अनुसार पहिचान भएकामध्ये ३९ प्रतिशत बिरामीमा रोगको कीटाणु पोजिटिभ रहेको छ। अस्पतालले बिरामीलाई उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा पठाएको छ।

साइनिङ अस्पतालले कुष्ठरोगी पहिचान, उपचार, सचेतना कार्यक्रम, र निःशुल्क सेवा प्रदान गर्दै पश्चिम नेपालको कुष्ठरोग प्रेषण केन्द्रका रूपमा सेवा विस्तार गरिरहेको छ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख अङ्गद शाहीले कुष्ठरोग नियन्त्रणमा साइनिङ अस्पतालले ठूलो योगदान गरिरहेको बताए। रोग निवारणका लागि थप खोजी अभियान र सामुदायिक प्रयासको आवश्यकता रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...