News Portal

बालेन साहको एक्सन: प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसियो

मेयर बालेन साहको निर्देशनमा गुरागाईंलाई बिदामा बस्न भनि प्रमुख प्रशासकीय अधिकृत जिम्मेवारीबाट हटाउँदै शिक्षा विभाग प्रमुख गोविन्दप्रसाद शर्मालाई निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ।

संगीता गुरुङ
२९० पटक

काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कस्थित ‘काठमाडौं टावर’ को भवन निर्माण नक्सा आधिकारिक प्रणाली (ईबीपीएस) बिना स्वीकृत गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई जिम्मेवारीबाट हटाउँदै छानबिन प्रक्रिया सुरू गरेको छ।

मेयर बालेन साहको निर्देशनमा गुरागाईंलाई बिदामा बस्न भनिएको छ, भने शिक्षा विभाग प्रमुख गोविन्दप्रसाद शर्मालाई निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ। छानबिनका लागि पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ।

महानगरका अनुसार नक्सा पास प्रक्रिया प्राविधिक रूपमा रोकिएको अवस्थामा गुरागाईंले प्रक्रिया पूरा नगरी नक्सा स्वीकृत गरेको देखिएको छ। उपप्रमुख सुनिता डंगोलले निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुने बताइन्। समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ।

गुरागाईंले मानसिक तनावमा रहेको र आफू निर्दोष रहेको बताएका छन्। विवादले काठमाडौं टावर निर्माणमा देखिएको अनियमितता थप चुलिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...