News Portal

बालेन साहको एक्सन: प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसियो

मेयर बालेन साहको निर्देशनमा गुरागाईंलाई बिदामा बस्न भनि प्रमुख प्रशासकीय अधिकृत जिम्मेवारीबाट हटाउँदै शिक्षा विभाग प्रमुख गोविन्दप्रसाद शर्मालाई निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ।

संगीता गुरुङ
४१९ पटक

काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कस्थित ‘काठमाडौं टावर’ को भवन निर्माण नक्सा आधिकारिक प्रणाली (ईबीपीएस) बिना स्वीकृत गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई जिम्मेवारीबाट हटाउँदै छानबिन प्रक्रिया सुरू गरेको छ।

मेयर बालेन साहको निर्देशनमा गुरागाईंलाई बिदामा बस्न भनिएको छ, भने शिक्षा विभाग प्रमुख गोविन्दप्रसाद शर्मालाई निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ। छानबिनका लागि पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ।

महानगरका अनुसार नक्सा पास प्रक्रिया प्राविधिक रूपमा रोकिएको अवस्थामा गुरागाईंले प्रक्रिया पूरा नगरी नक्सा स्वीकृत गरेको देखिएको छ। उपप्रमुख सुनिता डंगोलले निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुने बताइन्। समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ।

गुरागाईंले मानसिक तनावमा रहेको र आफू निर्दोष रहेको बताएका छन्। विवादले काठमाडौं टावर निर्माणमा देखिएको अनियमितता थप चुलिएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...