News Portal

प्रहरीलाई एसएमएसबाटै अपराधको सूचना दिन सकिने

हिमाली संचार संवाददाता
६१२ पटक

काठमाडौं : नेपाल प्रहरीले १३ औं महानगरीय दिवसको अवसरमा प्रहरीले निःशुल्क एसएमएस सेवा प्रारम्भ गरेको छ ।

आइतबार प्रहरी प्रहरी क्लब, भृकुटीमण्डपमा आयोजित एक समारोहका बीच निमित्त प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्कर कार्कीले एसएमएस सेवाको उद्घाटन गरे । सेवा सुरु गरिएसँगै अब नेपाल प्रहरीको नम्बर १०० मा एसएमएस गरेर पनि अपराध सम्बन्धी सूचना दिन सकिनेछ ।

सेवा प्रारम्भ गर्दै कार्कीले निःशुल्क एसएमएस सेवा सुरु गर्न सहयोग गरेको भन्दै नेपाल टेलिकमलाई धन्यवाद ज्ञापन गरे । उनले काठमाडौंलाई मेट्रो शहरको रुपमा विकास गर्ने र सेवा सुविधा तथा पूर्वाधार निर्माण गर्ने प्रमुख आधार भनेकै सुरक्षा भएको उल्लेख गर्दै महानगरीय प्रहरीलाई विशेष अधिकार सम्पन्न बनाउनु पर्नेमा जोड दिए ।

महानगरीय प्रहरीलाई प्रविधिमैत्री बनाउने क्रममा सीसी टीभी, जीपीएस, डिजिटल ट्याकिङ प्रणाली र हाम्रो पुलिस एप्स तथा ट्राफिक प्रहरी एप्स प्रयोगमा ल्याइएको समेत बताए ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...