News Portal

प्रहरीलाई एसएमएसबाटै अपराधको सूचना दिन सकिने

हिमाली संचार संवाददाता
५६४ पटक

काठमाडौं : नेपाल प्रहरीले १३ औं महानगरीय दिवसको अवसरमा प्रहरीले निःशुल्क एसएमएस सेवा प्रारम्भ गरेको छ ।

आइतबार प्रहरी प्रहरी क्लब, भृकुटीमण्डपमा आयोजित एक समारोहका बीच निमित्त प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्कर कार्कीले एसएमएस सेवाको उद्घाटन गरे । सेवा सुरु गरिएसँगै अब नेपाल प्रहरीको नम्बर १०० मा एसएमएस गरेर पनि अपराध सम्बन्धी सूचना दिन सकिनेछ ।

सेवा प्रारम्भ गर्दै कार्कीले निःशुल्क एसएमएस सेवा सुरु गर्न सहयोग गरेको भन्दै नेपाल टेलिकमलाई धन्यवाद ज्ञापन गरे । उनले काठमाडौंलाई मेट्रो शहरको रुपमा विकास गर्ने र सेवा सुविधा तथा पूर्वाधार निर्माण गर्ने प्रमुख आधार भनेकै सुरक्षा भएको उल्लेख गर्दै महानगरीय प्रहरीलाई विशेष अधिकार सम्पन्न बनाउनु पर्नेमा जोड दिए ।

महानगरीय प्रहरीलाई प्रविधिमैत्री बनाउने क्रममा सीसी टीभी, जीपीएस, डिजिटल ट्याकिङ प्रणाली र हाम्रो पुलिस एप्स तथा ट्राफिक प्रहरी एप्स प्रयोगमा ल्याइएको समेत बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...