News Portal

भक्तपुरमा आज १० घन्टा विद्युत अवरूद्ध हुने

भक्तपुरको विभिन्न क्षेत्रमा आज (सोमबार) १० घन्टा विद्युत आपूर्ति बन्द हुने भएको छ।

संगीता गुरुङ
२३२ पटक

भक्तपुरको विभिन्न क्षेत्रमा आज (सोमबार) १० घन्टा विद्युत आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले थिमी वितरण केन्द्रको सल्लाघारी फिडर अन्तर्गत पर्ने स्थानहरूमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरूद्ध हुने जानकारी दिएको हो।

कौशलटार चोक, बालकोट क्षेत्र, दुर्गा मन्दिर, रेडक्रस, बृहस्पति चोक, धारापाती, गोदावरी खोला लगायतका क्षेत्रमा जीर्ण कन्डक्टर बदल्ने कार्यका लागि विद्युत काटिने प्राधिकरणले जनाएको छ।

निर्धारित समयभन्दा अघि काम सम्पन्न भए सेवा सुचारु गरिने बताइएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...