News Portal

खोटाङ: बालविवाह गर्ने युवकसहित दुई जना पक्राउ

नाबालिकासँग विवाह गरेको आरोपमा एक युवक र बालविवाह गराउन सहयोग गरेको आरोपमा एक महिलालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ।

संगीता गुरुङ
२२२ पटक

खोटाङ – नाबालिकासँग विवाह गरेको आरोपमा २८ वर्षीय रमेश राई र बालविवाह गराउन सहयोग गरेको आरोपमा कमला राईलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका रमेशले १३ वर्षीया बालिकालाई विवाह गरेका थिए। पुस ८ गते विवाह गरेका रमेशलाई पुस १२ र कमलालाई पुस १३ मा पक्राउ गरिएको हो। पक्राउ परेका दुवै विरुद्ध बालविवाह सम्बन्धी कसुरमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ।

पीडित बालिकालाई युवकको घरबाट उद्धार गरी स्वास्थ्य परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ। कानुन अनुसार बालविवाह गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवाना हुने व्यवस्था छ।

घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...