News Portal

लाजिम्पाटमा व्यवसायीमाथि आक्रमण, दीपक मनाङेका सचिव पक्राउ

लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा घरजग्गा व्यवसायी विक्रम लामामाथि आक्रमणको घटनामा संलग्न देखिएपछि भण्डारीलाई काठमाडौँको फुटुङस्थित थापा चोकबाट पक्राउ गरिएको छ।

संगीता गुरुङ
३५८ पटक

काठमाडौँ – लाजिम्पाट स्थित इनोभा अस्पतालको पार्किङमा घरजग्गा व्यवसायी विक्रम लामा माथि आक्रमणको घटनामा गुन्डा नाइके दीपक मनाङेका स्वकीय सचिव टिका राम भण्डारी संलग्न रहेको खुलासा भएको छ।

कार्तिक ११ मा भएको घटनामा संलग्न देखिए पछि भण्डारीलाई काठमाडौँको फुटुङस्थित थापा चोकबाट पक्राउ गरिएको काठमाडौँका एसएसपी वसन्त रजौरेले जानकारी दिए। यसअघि सोही घटनामा शैलेन्द्र तामाङ उर्फ मार्सल र निश्चल सुनार पक्राउ परिसकेका छन्।

प्रहरीको अनुसन्धान अनुसार, ४ जनाको समूहले विक्रमलाई रडले कुटपिट गरेको सीसीटीभी फुटेजमा देखिएको छ। समूहको नेतृत्व अजय लामाले गरेका थिए, जो यसअघि लिखत किर्ते मुद्दामा जेल परेका थिए। घटनाका अन्य दुई अभियुक्त अजय लामा र दीपक बरामु फरार रहेका छन्।

प्रहरीले घटनामा ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...