News Portal

बालेनको गुनासो : तीनकुने मुआब्जा प्रक्रिया अघि नबढ्नु दुर्भाग्य

बालेन शाहले तीनकुने क्षेत्रको जग्गा मुआब्जाका लागि सरकारले कुनै प्रक्रिया अघि बढाएको छैन भन्दै गुनासो गरेका छन्।

संगीता गुरुङ
२३५ पटक

काठमाडौं, १२ पुस। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले तीनकुने क्षेत्रको जग्गा मुआब्जाका लागि सरकारले कुनै प्रक्रिया अघि बढाएको छैन भन्दै गुनासो गरेका छन्। कोटेश्वर महोत्सवको अवसरमा शुक्रबार सम्बोधन गर्दै उनले, “पचासौं वर्षदेखि यहाँका व्यक्तिको जग्गा लुटिएको छ, तर अहिलेको सरकार पनि कुनै कदम उठाउन तयार छैन,” भने।

मेयर शाहले दुई तिहाइको सरकारमा पनि मुआब्जा विवाद समाधान नभएको भन्दै, “प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्री सबैसँग सम्बन्धित यो विषय छ, तर अझै कुनै प्रगति भएको छैन,” बताएका छन्।

उनले कोटेश्वरको पहिचानलाई उजागर गर्न व्यवसायीलाई आग्रह गर्दै, “यहाँको विशेषताहरू महोत्सवमार्फत चिनाउनुपर्छ,” भने।

काठमाडौं महानगरपालिकाका अनुसार तीनकुनेमा ४६ रोपनी जग्गा छ, जसको मुआब्जामा २१ रोपनीका लागि १० करोड ८० लाख रुपैयाँ वितरण भइसकेको छ। बाँकी २५ रोपनीका जग्गाधनीहरूले हालसम्म मुआब्जा लिन अस्वीकार गरेका छन्, र अहिलेको भाउमा मुआब्जा मागेका छन्।

सडक क्षेत्रका ८ रोपनी जग्गामा पनि स्थानीयहरूले मुआब्जा दाबी गरेका छन्, तर महानगरपालिकाका अधिकारीहरूका अनुसार सडक क्षेत्राधिकारभित्रको जग्गामा मुआब्जा दिन नमिल्ने बताउँछन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २१ गरेको राशिफल

आज पुष २१, २०८२ (जनवरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा विदेशीका लागि नयाँ आवासीय कानून लागू, तलब सीमा र भिसा सर्त कडा

कुवेत सिटी – कुवेत सरकारले लागू गरेको नयाँ विदेशी आवासीय कानूनअन्तर्गत कामदार, विद्यार्थी, लगानीकर्ता तथा...

माग पूरा नभए वार्ता तोड्ने चेतावनी : दुर्गा प्रसाईं

काठमाडौँ, पुष २० – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले...

कुवेतमा तमु प्ये ल्हु संघद्वारा तमु ल्होसार जनवरी ९ भब्य रूपमा मनाइने

कुवेत – तमु प्ये ल्हु संघ, कुवेतले यसपाली पनि तमुहरुको महान चाड “तमु ल्होसार (सप्हृी)”...

केन्द्रीय समिति बैठकअघि रास्वपाको सचिवालय बैठक

काठमाडौँ, पुष २० — राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठकको तयारीस्वरूप सचिवालय बैठक सञ्चालन गरेको...