News Portal

कास्की अदालतमा रवि लामिछानेको दोस्रो दिनको बयान जारी

रवि लामिछानेको बयान जिल्ला अदालत कास्कीमा दोस्रो दिन सुरु भएको छ।

संगीता गुरुङ
४११ पटक

कास्की, पुस १२ – पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको बयान जिल्ला अदालत कास्कीमा दोस्रो दिन सुरु भएको छ। अदालतका सूचना अधिकारी सुरज अधिकारीले जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको बयान प्रक्रिया जारी रहेको जानकारी दिए।

मुद्दाका अन्य प्रतिवादी छविलाल जोशी र लीला पछाइको बयान बिहीबार सकिएपछि लामिछानेको बयान सुरु भएको हो। लामिछानेको बयान सकिएपछि अदालतले तोकेअनुसार अन्य आरोपितहरूको बयान प्रक्रिया अघि बढ्ने अधिकारीले जनाएका छन्।

सूर्यदर्शन सहकारी ठगी मुद्दामा लामिछाने, जोशी, पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई बयानका लागि सोमबार अदालतमा उपस्थित गराइएको थियो। सबै आरोपितहरूको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुने अदालतले जनाएको छ।

गत आइतबार, जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। लामिछाने माथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमासमेत मुद्दा दायर गरिएको छ।

अब सम्म, सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा ६३ जनाविरुद्ध मुद्दा दायर गरेको जानकारी दिएको छ। १९ जनाविरुद्ध सङ्गठित अपराधका मुद्दा चलाइएको छ भने लामिछानेसँगै खनाल, जोशी र पछाइ विरुद्ध सम्पत्ति शुद्धिकरणमा पनि मुद्दा दायर गरिएको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...