News Portal

  • कास्की अदालतमा रवि लामिछानेको दोस्रो दिनको बयान जारी

    रवि लामिछानेको बयान जिल्ला अदालत कास्कीमा दोस्रो दिन सुरु भएको छ।

    संगीता गुरुङ
    २५९ पटक

    कास्की, पुस १२ – पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको बयान जिल्ला अदालत कास्कीमा दोस्रो दिन सुरु भएको छ। अदालतका सूचना अधिकारी सुरज अधिकारीले जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको बयान प्रक्रिया जारी रहेको जानकारी दिए।

    मुद्दाका अन्य प्रतिवादी छविलाल जोशी र लीला पछाइको बयान बिहीबार सकिएपछि लामिछानेको बयान सुरु भएको हो। लामिछानेको बयान सकिएपछि अदालतले तोकेअनुसार अन्य आरोपितहरूको बयान प्रक्रिया अघि बढ्ने अधिकारीले जनाएका छन्।

    सूर्यदर्शन सहकारी ठगी मुद्दामा लामिछाने, जोशी, पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई बयानका लागि सोमबार अदालतमा उपस्थित गराइएको थियो। सबै आरोपितहरूको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुने अदालतले जनाएको छ।

    गत आइतबार, जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। लामिछाने माथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमासमेत मुद्दा दायर गरिएको छ।

    अब सम्म, सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा ६३ जनाविरुद्ध मुद्दा दायर गरेको जानकारी दिएको छ। १९ जनाविरुद्ध सङ्गठित अपराधका मुद्दा चलाइएको छ भने लामिछानेसँगै खनाल, जोशी र पछाइ विरुद्ध सम्पत्ति शुद्धिकरणमा पनि मुद्दा दायर गरिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...

    प्रचण्डलाई भावुक पत्र लेख्दै प्रकाश चन्द्र पाण्डेले नेकपा छाडे

    काठमाडौँ, कार्तिक २७ — नेकपा (माओवादी केन्द्र) का उपत्यका विशेष प्रदेश उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे...

    १३२/३३ केभी केरौन सब–स्टेशनको निर्माण कार्य अन्तिम चरणमा

    रविन्द्र बराल/मोरङ, कार्तिक २७ – मोरङको कानेपोखरी गाउँपालिका–२, केरौन बजार नजिक निर्माण भइरहेको १३२/३३ केभी सब–स्टेशनको...

    रंगेलीमा लागुऔषध सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    रविन्द्र बराल/मोरङ, कार्तिक २७ – नेपाल औषधि व्यवसायी संघ मोरङ जिल्ला शाखाले लागुऔषध विषयमा छलफल तथा...