
काठमाडौं: आपराधिक लाभ सम्बन्धी मुद्दामा अनुसन्धानमा रहेका दुर्गा प्रसाईंलाई रिहा गर्ने सर्वोच्च अदालतको आदेश विरुद्ध सरकार पुनरावलोकनमा जाने तयारीमा छ। पुस ५ मा सर्वोच्चले प्रसाईंलाई थुना बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको थियो।
महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सूर्यराज दाहालले सर्वोच्चबाट पत्र आएपछि पुनरावलोकन निवेदन दर्ता गर्ने बताए। साइबर कसुरमा धरौटीमा छुटेका प्रसाईं विरुद्ध आपराधिक लाभ सम्बन्धी अनुसन्धान जारी रहेको सीआईबीले जानकारी दिएको छ।
प्रसाईंको नाम भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको धम्कीको घटनामा पनि जोडिएको छ। सरकारले मुद्दामा पुनरावलोकन मार्फत कडा कदम चाल्ने संकेत दिएको छ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
