News Portal

धादिङको गंगाजमुना मेला पर्यटन मन्त्रीद्वारा उद्घाटन

हिमाली संचार संवाददाता
६६० पटक

कृष्ण राना मगर
धादिङ मंसिर २ उत्तरी धादिङको गङ्गा जमूना ५ फुलखर्कको ढाडखर्कमा अवस्थित गङ्गा जमुना माईको मेलामा हजारौ भक्तजनकहरको भिड लागेको छ । हरेक वर्ष कार्तिक शुक्ल दशमीको दिन लाग्ने उक्त मेलामा भकतजनहरु रातभर जाग्रम बसी नाचगान गरी भोली नुहाएर फर्कने गर्दछन ।

मेला स्थल गंगाजमुना झरना २ हजार ८ सय मिटर उचाइृमा रहेको पहरोबाट खसेर १ हजार ८ सय मिटर उचाइमा रहेका तिर्थालु जम्मा हुने सभा क्षेत्रमा आइपुगेको छ । १ हजार ८ सय मिटर माथिबाट एकैपटक खस्दा पानीले झर्नाको रुप लिई पानीको थोपाहरु हावामा बयेली खेल्दै मोतीका दाना झैँ टल्कदै गरेको दृश्य पर्यटकहरुको लागि आकर्षक बन्ने गरेको स्थानिय बताउँछन । गंगाजमुना झरनालाई हिमालय पुराणमा दिदी बहिनी रुपमा वर्णन गरिएको पाईन्छ ।

गंगा जमुना झर्ना नजिकै अर्को धारा छ, जसलाई स्थानियहरु कुकुर धारा भन्ने गर्छन् । यस धारा गणेशको आँशुबाट बगेको यसमा कीट नाशक गुण समेत भएको विश्वास गरिन्छ । उक्त कुकुर धारामा नुहाए कुकुर वा जीव जन्तुले टोकेको विष हटेर जान जन विश्व रहि आएको छ । गंगा जमुनालाई हिमालय पुराणमा दिदी बहिनीको रुपमा वर्णन गरिएको पाईन्छ । यसै झर्ना मिसिएर भारतमा पुगी प्रसिद्ध गंगा नदी बनेको र यहाँको गंगा जमुनाले जस्तै त्याहा गंगा र यमुनाले प्रसिद्धि कमाएको बताईन्छ ।

आजबाट सुरु भएको मेलाको उद्घाटन प्रदेश नं. ३ का उद्योग तथा पर्यटन मन्त्री अरुण नेपालले गर्नुभएको हो । कार्यक्रममा पूर्व सांसदहरु धन बहादुर घले, गुरु बुर्लाकोटी गङ्गाजमुना गाउँपालिका अध्यक्ष बल बहादुर अधिकारी त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष शम्भुकुमार थापा लगायत नेताहरुको आथित्यता रहेको थियो ।

कार्यक्रममा मन्त्री नेपालले मेलालाई सम्बोधन गर्दै यो पर्यटन क्षेत्रको रुपमा विकास गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । कार्यक्रममा विभिन्न कलाकारहरु मनमाया वाइवा,सीता लामा,रितु तामाङ,खेम जी राना ,गीता सेन्चुरी,आसम्भ तामाङ,सागर बि सी र राकेश गुरुङ लगायतका कलाकारहरुले साँङ्गितिक प्रस्तुति राखेका थिए ।

मेलामा साँसकृतिक कार्यक्रम भोली विहान सम्म हुनेछ । गङ्गाजमुना माई क्षेत्र पर्यटन विकास समिति गङ्गाजमुना गाउँपालिका फुलखर्क धादिङको अध्यक्ष नारायण कार्कीले जानकारी दिनु भएको हो ।फाइल फोटो

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...