News Portal

धादिङको गंगाजमुना मेला पर्यटन मन्त्रीद्वारा उद्घाटन

हिमाली संचार संवाददाता
७०९ पटक

कृष्ण राना मगर
धादिङ मंसिर २ उत्तरी धादिङको गङ्गा जमूना ५ फुलखर्कको ढाडखर्कमा अवस्थित गङ्गा जमुना माईको मेलामा हजारौ भक्तजनकहरको भिड लागेको छ । हरेक वर्ष कार्तिक शुक्ल दशमीको दिन लाग्ने उक्त मेलामा भकतजनहरु रातभर जाग्रम बसी नाचगान गरी भोली नुहाएर फर्कने गर्दछन ।

मेला स्थल गंगाजमुना झरना २ हजार ८ सय मिटर उचाइृमा रहेको पहरोबाट खसेर १ हजार ८ सय मिटर उचाइमा रहेका तिर्थालु जम्मा हुने सभा क्षेत्रमा आइपुगेको छ । १ हजार ८ सय मिटर माथिबाट एकैपटक खस्दा पानीले झर्नाको रुप लिई पानीको थोपाहरु हावामा बयेली खेल्दै मोतीका दाना झैँ टल्कदै गरेको दृश्य पर्यटकहरुको लागि आकर्षक बन्ने गरेको स्थानिय बताउँछन । गंगाजमुना झरनालाई हिमालय पुराणमा दिदी बहिनी रुपमा वर्णन गरिएको पाईन्छ ।

गंगा जमुना झर्ना नजिकै अर्को धारा छ, जसलाई स्थानियहरु कुकुर धारा भन्ने गर्छन् । यस धारा गणेशको आँशुबाट बगेको यसमा कीट नाशक गुण समेत भएको विश्वास गरिन्छ । उक्त कुकुर धारामा नुहाए कुकुर वा जीव जन्तुले टोकेको विष हटेर जान जन विश्व रहि आएको छ । गंगा जमुनालाई हिमालय पुराणमा दिदी बहिनीको रुपमा वर्णन गरिएको पाईन्छ । यसै झर्ना मिसिएर भारतमा पुगी प्रसिद्ध गंगा नदी बनेको र यहाँको गंगा जमुनाले जस्तै त्याहा गंगा र यमुनाले प्रसिद्धि कमाएको बताईन्छ ।

आजबाट सुरु भएको मेलाको उद्घाटन प्रदेश नं. ३ का उद्योग तथा पर्यटन मन्त्री अरुण नेपालले गर्नुभएको हो । कार्यक्रममा पूर्व सांसदहरु धन बहादुर घले, गुरु बुर्लाकोटी गङ्गाजमुना गाउँपालिका अध्यक्ष बल बहादुर अधिकारी त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष शम्भुकुमार थापा लगायत नेताहरुको आथित्यता रहेको थियो ।

कार्यक्रममा मन्त्री नेपालले मेलालाई सम्बोधन गर्दै यो पर्यटन क्षेत्रको रुपमा विकास गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । कार्यक्रममा विभिन्न कलाकारहरु मनमाया वाइवा,सीता लामा,रितु तामाङ,खेम जी राना ,गीता सेन्चुरी,आसम्भ तामाङ,सागर बि सी र राकेश गुरुङ लगायतका कलाकारहरुले साँङ्गितिक प्रस्तुति राखेका थिए ।

मेलामा साँसकृतिक कार्यक्रम भोली विहान सम्म हुनेछ । गङ्गाजमुना माई क्षेत्र पर्यटन विकास समिति गङ्गाजमुना गाउँपालिका फुलखर्क धादिङको अध्यक्ष नारायण कार्कीले जानकारी दिनु भएको हो ।फाइल फोटो

प्रतिकृया दिनुहोस्

रंगेलीमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, परम्परा जोगाउन आग्रह

मोरङको रंगेली नगरपालिका–८ स्थित दरवेशा चोकमा राजवंशी समाज विकास समितिले नयाँ वर्षको अवसरमा काद सिरुवा...

शीर्षक: नेपाली कांग्रेस भित्र विवाद चर्कियो: खड्काद्वारा ‘कार्यवाहक सभापति’ हैसियतमा विज्ञप्ति

काठमाडौं -नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद थप चर्किएको छ। पार्टीभित्र स्पष्ट रूपमा दुई धार देखिएको...

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...