News Portal

ललितपुर च्यासलमा हत्या: एक आरोपी रिहा, दुईविरुद्ध अनुसन्धान जारी

गुरुङको हत्या प्रकरणमा पक्राउ परेकामध्ये १ जनालाई प्रहरीले रिहा गरेको छ भने २ जना दुईजनामाथि अनुसन्धान जारी राखेको छ।

संगीता गुरुङ
२९७ पटक

ललितपुर, १० पुस – ललितपुरको च्यासल स्थित टड टाउन क्याफेमा भएको झगडापछि २३ वर्षीय नयन गुरुङको हत्या प्रकरणमा पक्राउ परेकामध्ये एक जनालाई प्रहरीले रिहा गरेको छ।

सुनसरी इटहरीका गुरुङको हत्या आरोपमा दार्चुलाका ४१ वर्षीय पदमलाल भट्टसहित तीन जना पक्राउ परेका थिए। तर, प्रारम्भिक अनुसन्धानमा भट्टको संलग्नता नदेखिए पछि उनलाई रिहा गरिएको ललितपुर प्रहरीका एसपी नवरत्न पौडेलले जानकारी दिए।

अनुसन्धानका लागि काभ्रेका जनक बहादुर तामाङ (२६) र डडेल धुराका हेमराज भट्ट (२६)लाई हिरासतमा राखिएको छ। प्रारम्भिक विवरण अनुसार, क्याफेमा डिनरको बिल तिर्ने क्रममा विवाद हुँदा हेमराजले चक्कु प्रहार गरेका थिए।

घटनापछि गम्भीर घाइते भएका गुरुङलाई बि एन्ड बी अस्पताल पुर्याइएको थियो, जहाँ राति १० बजे उनको मृत्यु भयो। प्रहरीका अनुसार कर्तव्य ज्यानको कसुरमा म्याद लिएर थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...