News Portal

भक्तपुर हत्याकाण्ड: परिवारकै सदस्यको संलग्नता खुलासा

बालकोटमा मृत भेटिएका बुवा र छोरालाई परिवारकै सदस्यले हत्या गरेको पुष्टि भएको छ।

हिमालीसंचार संवाददाता
४०४ पटक

भक्तपुर – बालकोटमा मृत भेटिएका कुल प्रसाद आचार्य (५६) र उनका छोरा प्रबिन आचार्य (२२) लाई परिवारकै सदस्यले हत्या गरेको पुष्टि भएको छ। कुलप्रसादका जेठा छोरा मिलन आचार्यले प्रहरीमा आत्मसमर्पण गर्दै हत्या आफूले गरेको स्वीकार गरेका छन्।

उपत्यका प्रहरी कार्यालयका अनुसार, मिलनले प्रहरी वृत्त महाराजगञ्जमा आत्मसमर्पण गरेका हुन्। सोमबार खोटाङका स्थायी बासिन्दा कुल प्रसाद र उनका कान्छा छोरा प्रबिन मृत अवस्थामा फेला परेका थिए। घटनापछि मिलन फरार रहेका थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा कुल प्रसादको टाउको र कानमा चोट लागेको देखिएको छ। आत्मसमर्पणको क्रममा मिलनले घटनाबारे स्वीकारोक्ति दिएका छन्। थप अनुसन्धान जारी छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...