News Portal

भक्तपुरमा बाबुछोरा मृत अवस्थामा फेला: हत्या आशंका

भक्तपुर सूर्य विनायक नगरपालिका–२ बालकोटस्थित डेरामा बाबुछोरा मृत अवस्थामा फेला परेका छन्।

संगीता गुरुङ
३०३ पटक

काठमाडौँ, २३ मंसिर: भक्तपुर

बालकोटस्थित डेरामा बाबुछोरा मृत अवस्थामा फेला परेका छन्। मृतक खोटाङ रुपाकोट मझुवागढी नगरपालिका–१ का ५६ वर्षीय कुल प्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीण आचार्य हुन्।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेका अनुसार कुल प्रसादको टाउको र कानमा चोट छ भने प्रवीणको टाउकोमा पनि चोट देखिएको छ। घटनाबारे अनुसन्धानका लागि प्रहरीले तालिम प्राप्त कुकुर र फरेन्सिक टोलीको सहयोग लिएको छ।

कुल प्रसाद खोटाङ हुलाक कार्यालयका निमित्त प्रमुख हुन्। छोराहरू मिलन र प्रवीण भक्तपुरमा बस्दै आएका थिए। पुस ६ मा छुट्टाछुट्टै कोठामा ताला लगाइएको अवस्थामा उनीहरू मृत फेला परेका थिए। शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ। प्रहरीले यो घटनालाई हत्या आशंकाको रूपमा अनुसन्धान गरिरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...