News Portal

भक्तपुरमा बाबुछोरा मृत अवस्थामा फेला: हत्या आशंका

भक्तपुर सूर्य विनायक नगरपालिका–२ बालकोटस्थित डेरामा बाबुछोरा मृत अवस्थामा फेला परेका छन्।

संगीता गुरुङ
४१५ पटक

काठमाडौँ, २३ मंसिर: भक्तपुर

बालकोटस्थित डेरामा बाबुछोरा मृत अवस्थामा फेला परेका छन्। मृतक खोटाङ रुपाकोट मझुवागढी नगरपालिका–१ का ५६ वर्षीय कुल प्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीण आचार्य हुन्।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेका अनुसार कुल प्रसादको टाउको र कानमा चोट छ भने प्रवीणको टाउकोमा पनि चोट देखिएको छ। घटनाबारे अनुसन्धानका लागि प्रहरीले तालिम प्राप्त कुकुर र फरेन्सिक टोलीको सहयोग लिएको छ।

कुल प्रसाद खोटाङ हुलाक कार्यालयका निमित्त प्रमुख हुन्। छोराहरू मिलन र प्रवीण भक्तपुरमा बस्दै आएका थिए। पुस ६ मा छुट्टाछुट्टै कोठामा ताला लगाइएको अवस्थामा उनीहरू मृत फेला परेका थिए। शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ। प्रहरीले यो घटनालाई हत्या आशंकाको रूपमा अनुसन्धान गरिरहेको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...