News Portal

कास्कीमा रवि लामिछाने सहित पाँच जनाको अदालतमा बयान सुरु

कास्की जिल्ला अदालतमा सहकारी ठगीका आरोपित रवि लामिछानेसहित पाँच प्रतिवादीको आजबाट बयान सुरु भएको छ।

Sangeeta Gurung
२६७ पटक

कास्की – जिल्ला अदालतमा सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने सहित पाँच प्रतिवादीको आजबाट बयान सुरु भएको छ।

आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले लामिछाने सहित ३१ जना विरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको थियो। सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा हालसम्म ६३ जना विरुद्ध मुद्दा दर्ता गरिएको छ।

सरकारी वकिल कार्यालयका अनुसार लामिछानेमाथि रु २७ करोड ८९ लाख र छविलाल जोशीमाथि रु ७४ करोड ३४ लाख बिगो दाबी गरिएको छ। सहकारी ठगीका लागि लामिछानेमाथि रु तीन करोड ३७ लाख बिगो दाबी गरिएको छ।

लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए। यस प्रकरणका मुख्य योजनाकार जीबी राईलगायत अन्य आरोपी भने अझै फरार छन्।

प्रतिकृया दिनुहोस्

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

शंकास्पद रूपमा भारत लैजाँदै गरिएका बालबालिका फेला, ६ जनामाथि अनुसन्धान

दाङ, माघ २८ – बर्दिया मार्ग हुँदै भारततर्फ लैजाँदै गरिएका तीन जना नेपाली बालबालिकालाई प्रहरीले...

आज २०८२ साल माघ २८ गतेको राशिफल

आज माघ २८, २०८२ ( फेब्रुअरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...