News Portal

देशमा केही अनिष्ट हुन्छ भने पुसमै हुन्छः प्रमुख सचेतक परियार

उमाकान्त खनाल
२६० पटक

झापा। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले आइतबार पुस ७ गतेका दिन पार्टीका हरेको कार्यकर्ताले आफ्ना डायरीमा नोट गरेर राखेको बताएका छन्।

आइतबार झापामा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै परियारले देशमा केही अनिष्ट हुन्छ भने त्यो पुसमै हुने उनले बताए।

उनले भने, ‘आज राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले पुस ७ गते डायरीमा लेखेका छन्। र न्यायको पर्खाइमा बसेका छन्।’

उनले पार्टीका सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको विषयलाई उठाएका हुन्। तर न्यायालयप्रति आफ्नो पूर्ण भरोसा रहेको भन्दै न्यायालयको फैसला स्वीकार्य हुने बताए।

लामिछानेमाथि लागेको सहकारी ठगी तथा संगठित अपराधको मुद्दाका विषयमा पार्टीका प्रमुख सचेतक परियारले लोकतन्त्रमा आरोप लगाउन पाइने तर आरोपलाई गलत तरिका पुस्ट्याइँ गर्न नपाइने बताए।

उनले राज्यका सबै अंगहरूलाई प्रयोग गरेर आरोप प्रमाणित गर्न नपाइने बताए। राष्ट्रिय स्वतन्त्र पार्टी केवल एउटा पार्टी मात्र नभएर युवा पुस्ताको अभियानसमेत भएको परियारले बताए।

उक्त भेलाले राष्ट्रिय स्वतन्त्र पार्टीको झापा जिल्ला समितिलाई पूर्णता दिएको छ। आइतबार बिर्तामोडमा आयोजित दोस्रो जिल्ला भेलाले उमेश खरेल सभापति रहेको जिल्ला समितिलाई पूर्णता दिएको हो।

भेलाबाट सभापतिमा उमेश खरेल र उपसभापतिमा प्रकाश पाठक यथावत रहेका छन् भने, सचिवमा शम्भु सुस्केरा ढकाल, सहसचिव भीमबहादुर कुँवर सर्वसम्मत चयन भएका छन्।

त्यस्तै, महिला सदस्यहरुमा सीता विक, लीला खड्का र कमला पोखरेल तथा पुरुष सदस्यहरुमा पुष्पराज ढकाल र नरेन्द्र शिवाकोटी चुनिएका छन्।

सभापतिले एक महिला र एक पुरुष मनोनयन गर्न पाउने प्रावधान रहेको छ। गठन हुने ११ जना कार्यसमितिमा निर्वाचन क्षेत्र समितिबाट १–१ जना गरी पाँचजना र पालिका सभापति १५ जना गरी जम्मा ३१ जनाको जिल्ला समिति निर्माण हुने उपसभापति पाठकले जानकारी दिए।

जिल्ला भेलामा पार्टीका प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी, सहप्रवक्ता रमेश प्रसाई, केन्द्रीय सदस्य ज्वाला संग्रौलालगायतका नेतृत्वहरुको सहभागिता रहेको थियो।

२०७९ असार ३० गते भएको प्रथम भेलाले सभापति खरेल र उपसभापति पाठक रहेको दुई सदस्यीय जिल्ला समिति गठन गरेको थियो। सोही समितिले पूर्णता पाएको हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...