News Portal

तराईमा ताेरीखेती गर्ने कृषकहरु उत्साहित

हिमालीसंचार संवाददाता
५०६ पटक

मोरङ। माेरङकाे रंगेली आसपासका खेतहरुमा पहेलै ताेरिकाे फुलहरु देख्न पाईन्छ। पछिल्लो समयमा तोरीको तेलको मूल्य बढ्दा किसान तोरी खेतीमा आकर्षित भएका छन्।

अहिले ताेरिकाे मुल्य प्रति मन (४० किलो)को ५ हजारदेखि ६ हजार ५ सय रुपैयाँसम्म पुगेपछि किसानहरुले ताेरी उत्पादनमा आकर्षित हुन थालेका हुन।

किसानको उत्पादन सहज तरिकाले बिक्री हुने र उपभोक्ताहरुले घरबाटै खरिद गर्ने भएको हुनाले समेत कृषकहरु अन्य बाली छाडेर ताेरीमा आकर्षित भएका हुन।

ताेरीमा कम खर्च र मेहनत समेत कम गर्नुपर्ने भएको हुनाले कृषकहरुकाे ताेरी खेतीमा आकर्षण बढेको हो। रंगेली, दर्वेशा, कालिथान, दलेली, हाेक्लावारी, बेलचाेक लगायतका कृषकहरु ताेरी खेतीमा आकर्षित भएका हुन।

ताेरी बालीमा रासायनिक मल तथा किटनासक ओैषधि समेत थाेरी हुदा समेत पुग्ने र मुसाले समेत दुख नदिने भएको र प्रायकसेचनका लागि मैरीले खाईदिने भएको हुनाले अहिले ताेरी खेतीकाे वरपर मैरी पालन व्यवसायले मैरीकाे घार समेत ल्याएर मह उत्पादन समेत गरिरहेका छन।

स्थानीय डिल्लीराम आचार्यका अनुसार ताेरीमा अन्य बाली भन्दा राम्रो उत्पादन हुने र १ बिघामा ३५ मनसम्म ताेरी उत्पादन हुने, मेहनत समेत कम हुने र घरपरिवारमा काम गर्ने व्यक्ति समेत नहुने भएकोले ताेरीखेती गर्ने सहज भएको र ताेरी बाली पछि हिउँदे धान लगाउन राम्रो हुने आचार्यले बताए।

कम समयमै उत्पादन हुने र खास्सै झन्झट नहुने भएकाले किसान उत्साहित हुनुका साथै तोरी खेती गर्दा एउटै फाइदा छैन। यसबाट तोरीको साग खान पाइन्छ, तोरीको गुन्द्रुक पनि बनाउन सकिने स्थानिय कमला राजवंशीले बताईन।

विराटनगर, धरान, ईटहरी जस्तो सहरी क्षेत्रका धेरै उपभोक्ताले तोरीको माग गर्ने गरेकाे कृषक दिपक प्रसाईंले बताए।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...