News Portal

एमालेमा जान वामदेवले खोजे भाउ, एकीकृत समाजवादीमा भित्र्याउने माधवको दाउ

हिमालीसंचार संवाददाता
२८६ पटक

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय एकता अभियानका संयोजक तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई पार्टीमा भित्र्याउने तयारी थालेको छ।

विगत ६ दिनदेखि निरन्तर जारी रहेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले आज वामदेवलाई पार्टीमा भित्र्याउने बारेमा निर्णय गर्ने बताइएको छ।

बैठकमा स्थायी कमिटी सदस्य हरि पराजुलीले वामदेवलाई पार्टीमा भित्र्याउने बारेमा प्रस्ताव पेश गरेका थिए। सो प्रस्तावमा आज छलफल हुने र निश्कर्ष निकालिने बताइएको छ।

राष्ट्रिय एकता अभियानका संयोजक तथा राष्ट्रिय सभा सदस्य गौतमलाई पार्टी प्रवेशका लागि मार्ग प्रशस्त गर्दा पनि उनी नेकपा (एमाले) जान हिचकिचाइरहेका छन।

गौतम एमालेका पूर्व उपाध्यक्षसमेत हुन्। माओवादी केन्द्र र नेकपा (एमाले) मिलेर बनेको नेकपा विभाजनपछि उनी कुनै दलतिर पनि नलागी अभियानको संयोजक भएर बसेका छन्।

वामदेवलाई पार्टीमा भित्र्याउन एमालेले ७० वर्षे उमेर हद हटाएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग झस्किएका वामदेव उमेर हद हटाउँदा पनि पार्टी प्रवेशका लागि तयार भएनन्।

एकीकृत समाजवादीमा अहिले स्वर्गीय नेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) स्वीकार गर्ने विषयमा मतैक्यता छैन। एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल जबजको पक्षधर देखिएका छन्।

सम्मानित नेता झलनाथ खनाल भनेर जबज स्वीकार गर्न नहुने र पार्टीले जबज नै स्वीकार गरेर अगाडि बढ्ने हो भने एकीकृत समाजवादीमा भन्दा एमालेमै जनता आकर्षित हुने बताउँदै आएका छन्। सम्मानित नेता खनालले त जबजलाई ‘दक्षप्रजापतिको घाँटीमा जोडिएको बोकाको उल्टो टाउको’ संज्ञा दिँदै आएका छन्।

जबज स्वीकार गर्नुपर्ने पक्षमा वामदेवले एकीकृत समाजवादीलाई प्रस्ताव पठाएका थिए। सो प्रस्तावमाथि आज छलफल भएर पास भएमा वामदेव केही दिनमा नै एकीकृत समाजवादीमा प्रवेश गर्ने बताइएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...