News Portal

एमालेमा जान वामदेवले खोजे भाउ, एकीकृत समाजवादीमा भित्र्याउने माधवको दाउ

हिमालीसंचार संवाददाता
३४२ पटक

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय एकता अभियानका संयोजक तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई पार्टीमा भित्र्याउने तयारी थालेको छ।

विगत ६ दिनदेखि निरन्तर जारी रहेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले आज वामदेवलाई पार्टीमा भित्र्याउने बारेमा निर्णय गर्ने बताइएको छ।

बैठकमा स्थायी कमिटी सदस्य हरि पराजुलीले वामदेवलाई पार्टीमा भित्र्याउने बारेमा प्रस्ताव पेश गरेका थिए। सो प्रस्तावमा आज छलफल हुने र निश्कर्ष निकालिने बताइएको छ।

राष्ट्रिय एकता अभियानका संयोजक तथा राष्ट्रिय सभा सदस्य गौतमलाई पार्टी प्रवेशका लागि मार्ग प्रशस्त गर्दा पनि उनी नेकपा (एमाले) जान हिचकिचाइरहेका छन।

गौतम एमालेका पूर्व उपाध्यक्षसमेत हुन्। माओवादी केन्द्र र नेकपा (एमाले) मिलेर बनेको नेकपा विभाजनपछि उनी कुनै दलतिर पनि नलागी अभियानको संयोजक भएर बसेका छन्।

वामदेवलाई पार्टीमा भित्र्याउन एमालेले ७० वर्षे उमेर हद हटाएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग झस्किएका वामदेव उमेर हद हटाउँदा पनि पार्टी प्रवेशका लागि तयार भएनन्।

एकीकृत समाजवादीमा अहिले स्वर्गीय नेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) स्वीकार गर्ने विषयमा मतैक्यता छैन। एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल जबजको पक्षधर देखिएका छन्।

सम्मानित नेता झलनाथ खनाल भनेर जबज स्वीकार गर्न नहुने र पार्टीले जबज नै स्वीकार गरेर अगाडि बढ्ने हो भने एकीकृत समाजवादीमा भन्दा एमालेमै जनता आकर्षित हुने बताउँदै आएका छन्। सम्मानित नेता खनालले त जबजलाई ‘दक्षप्रजापतिको घाँटीमा जोडिएको बोकाको उल्टो टाउको’ संज्ञा दिँदै आएका छन्।

जबज स्वीकार गर्नुपर्ने पक्षमा वामदेवले एकीकृत समाजवादीलाई प्रस्ताव पठाएका थिए। सो प्रस्तावमाथि आज छलफल भएर पास भएमा वामदेव केही दिनमा नै एकीकृत समाजवादीमा प्रवेश गर्ने बताइएको छ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...