मोरङ। माेरङकाे रंगेली नगरपालिकामा २१औं महिला स्वयंसेविका दिवसको अवसरमा स्वयंसेविकाहरुलाई सम्मान गरिएको छ।
महिला स्वयसेविकाको रुपमा स्थानीयस्तरमा उल्लेखनीय योगदान पुर्याएको महिला स्वयसेविकाहरुलाई रंगेली नगरपालिकाले सम्मान गरेको हो।
कार्यक्रमकाे प्रमुख अतिथि उपप्रमुख भुमा पराजुलीले सम्पुर्ण स्वयंसेबिकाहरुलाई दाेसहल्ला ओढाएर गरिएको थियो। कार्यक्रममा उपप्रमुख पराजुलीले महिला स्वयंसेविकाहरूको मेहनत र समर्पणको प्रशंसा गर्दै आगामी दिनहरुमा समेत आफुले सहयोग गर्दे जाने बताई।
सीमित स्रोतसाधनका बीच महिला स्वयंसेविकाहरूले आफ्नो कार्यक्षेत्रमा उल्लेखनीय योगदान दिईरहेकाे र आगामी दिनहरुमा समेत अझै राम्रोसंग सेवा दिने बिस्वास समेत रहेको उनलेे बताईन।
रंगेली नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा कार्यक्रम गरिएकाे स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र मंण्डलले बताए।