ज्ञानेन्द्र शाहले लुम्बिनीमा गरे हजार बुद्ध मन्दिरको पूजा

दाङ। पूर्वराजा ज्ञानेन्द्र शाहले रुपन्देहीको लुम्बिनीस्थित हजार बुद्ध मन्दिरमा पुजाअर्चना गरेका छन्।
मन्दिर उदघाटन अवसरमा त्यहाँ पूजाआजा कार्यक्रम राखिएको छ।
शुक्रबार बिहान चार्टर विमानमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आएका उनका समर्थक, शुभेच्छुक, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता, कार्यकर्तालगायतले स्वागत गरेका थिए।
पूर्वराजा ज्ञानेन्द्र शुक्रबार दिउँसो ४ बजे नै काठमाडौ फर्किने कार्यक्रम रहेको उनको सचिवालयका सचिव फणीन्द्र पाठकले जानकारी दिए।

















