News Portal

नेपाल एकता पार्टी घोषणा, पृथ्वीपथ र महेन्द्रपथ मूल सिद्धान्त

हिमालीसंचार संवाददाता
२९९ पटक

काठमाडौं। डा.महेन्द्रजंग शाहको अध्यक्षतामा नेपाल एकता पार्टी घोषणा भएको छ। आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित समारोहबीच पार्टी घोषणा गरिएको हो।

नेपाल एकता पार्टीको उपाध्यक्षहरुमा हिरा आचार्य, टीका नेपाल, धर्म सुवेदी, महासचिव भुपेन्द्र भण्डारी, प्रवक्ता नविन महतो रहेका छन्।

नेपाल एकता पार्टीले पृथ्वीपथ र महेन्द्रपथलाई अगाडि बढाउने अध्यक्ष शाहले बताए। आफूहरुले एक दिन यो मुलुकमा शासन गरेरै छाड्ने बताए। पृथ्वीनारायण शाहले झैं अब एकताबाट नै वीरताको सिर्जना गर्नुपर्ने बताए।

‘पृथ्वीपथ र महेन्द्रपथको सन्दर्भमा हामीले सौर्य, साम्यवादको यात्रालाई जोडेका छौं। जल, जंगल, जमिन र जडिबुटीका माध्यमबाट यो मुलुकमा विकास सम्भव छ। त्यो राजा महेन्द्रले गरेका थिए भनेर हामीले महेन्द्र पथको हिस्सा लिएका हौं।

मुलुकको संरचना, कर्मचारीतन्त्रको व्यवस्थापन, सैनिकतन्त्रको तैनाथी र प्रहरी संगठनको जिम्मेवारीका बारेमा जंगबहादुर राणाले जुन दृष्टिकोण दिनुभएको थियो, त्यो विधिबाट हामी सम्भव गराउँछौं। एकताको वीरताबाट यो मुलुकलाई अधिराज्यको रुपमा स्थापित गर्छौं,’– उनले भने।

साथै, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई तोरीवादीको संज्ञा दिए। राप्रपा ‘म मात्रै राजावादी हुँ’ भन्ने मनोरोगले ग्रस्त रहेको पनि बताए। उनले यस्ता मान्छेहरुलाई उपचारको आवश्यक्ता रहेको बताए।

प्रतिकृया दिनुहोस्

रास्वपा–उज्यालो नेपाल एकता टुंगियो, कुलमान–रवि–बालेन छलफल असफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीचको एकता...

अवैधानिक रुट, दलालको जालो र राज्यको मौनताले महिला असुरक्षित

कुवेत– पछिल्लो समय कुवेतमा नेपाली घरेलु कामदारहरूको समस्या गम्भीर बन्दै गएको छ। समस्या समाधानतर्फ नेपाल...

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...