News Portal

नेपाल एकता पार्टी घोषणा, पृथ्वीपथ र महेन्द्रपथ मूल सिद्धान्त

हिमालीसंचार संवाददाता
३१७ पटक

काठमाडौं। डा.महेन्द्रजंग शाहको अध्यक्षतामा नेपाल एकता पार्टी घोषणा भएको छ। आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित समारोहबीच पार्टी घोषणा गरिएको हो।

नेपाल एकता पार्टीको उपाध्यक्षहरुमा हिरा आचार्य, टीका नेपाल, धर्म सुवेदी, महासचिव भुपेन्द्र भण्डारी, प्रवक्ता नविन महतो रहेका छन्।

नेपाल एकता पार्टीले पृथ्वीपथ र महेन्द्रपथलाई अगाडि बढाउने अध्यक्ष शाहले बताए। आफूहरुले एक दिन यो मुलुकमा शासन गरेरै छाड्ने बताए। पृथ्वीनारायण शाहले झैं अब एकताबाट नै वीरताको सिर्जना गर्नुपर्ने बताए।

‘पृथ्वीपथ र महेन्द्रपथको सन्दर्भमा हामीले सौर्य, साम्यवादको यात्रालाई जोडेका छौं। जल, जंगल, जमिन र जडिबुटीका माध्यमबाट यो मुलुकमा विकास सम्भव छ। त्यो राजा महेन्द्रले गरेका थिए भनेर हामीले महेन्द्र पथको हिस्सा लिएका हौं।

मुलुकको संरचना, कर्मचारीतन्त्रको व्यवस्थापन, सैनिकतन्त्रको तैनाथी र प्रहरी संगठनको जिम्मेवारीका बारेमा जंगबहादुर राणाले जुन दृष्टिकोण दिनुभएको थियो, त्यो विधिबाट हामी सम्भव गराउँछौं। एकताको वीरताबाट यो मुलुकलाई अधिराज्यको रुपमा स्थापित गर्छौं,’– उनले भने।

साथै, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई तोरीवादीको संज्ञा दिए। राप्रपा ‘म मात्रै राजावादी हुँ’ भन्ने मनोरोगले ग्रस्त रहेको पनि बताए। उनले यस्ता मान्छेहरुलाई उपचारको आवश्यक्ता रहेको बताए।

प्रतिकृया दिनुहोस्

इरान युद्ध गम्भीर मोडमा: ८०० भन्दा बढीको मृत्यु, हजारौँ घाइते, विश्वभर इन्धन मूल्य वृद्धि हुने

काठमाडौं — मध्यपूर्वमा बढ्दो सैन्य टकरावबीच इरान केन्द्रित युद्धले गम्भीर रूप लिएको छ। पछिल्ला दिनहरूमा...

साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

काठमाडौंः साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको छ । दूतावासको भवनमा दुईवटा ड्रोनबाट...

आज २०८२ साल फागुन १९ गतेको राशिफल

आज फागुन १९, २०८२ ( मार्च ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

खाडी क्षेत्रमा युद्धको छायाँ, कुवेतमा अमेरिकी सैन्य विमान दुर्घटना

इरान र इजरायलबीचको चर्किंदो सैन्य तनावले खाडी क्षेत्रको सुरक्षा अवस्था थप अस्थिर बन्दै गएको छ।...

कवेतमा उच्च सतर्कता, जनजीवन सामान्य

कुवेत – पछिल्ला दिनहरूमा इरान, इजरायल र संयुक्त राज्य अमेरिका बीच चर्किएको सैन्य तनावले सम्पूर्ण...