आज : २०२६-०७-१०, शुक्रबार

दुवै महामन्त्रीलाई बुढानीलकण्ठ बोलाएर देउवाले गरे छलफल

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महामन्त्रीसँग छलफल गरेका छन्।

सभापति देउवाले बुढानीलकण्ठस्थित निवासमा बोलाएर महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेका हुन्।

गृह जिल्ला डडेलधुराबाट फर्किए लगत्तै सभापति देउवाले महामन्त्रीसँग भेटवार्ता गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

भेटमा उपनिर्वाचन लगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।