News Portal

काँग्रेसकै सांसदलाई कारवाहीको माग गर्दै मन्त्री पाण्डेले दिए उजुरी

हिमालीसंचार संवाददाता
२९६ पटक

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले नेपाली काँग्रेसकै सांसद राजेन्द्र बजगाईँविरुद्ध उजुरी दिएका छन्।

आफूविरुद्ध शृङ्खलवद्धरूपमा कुप्रचार गरेको भन्दै मन्त्री पाण्डेले अनुशासन समिति र संसदीय दलमा उजुरी दिएका हुन्।

पाण्डेको तर्फबाट सचिवालय सदस्यले उजुरी दर्ता गराएका छन्। पाण्डेले अनुशासन समितिमा बिहीबार र संसदीय दलमा शुक्रबार लिखित उजुरी दिएका हुन्।

काँग्रेस महासमिति सदस्य, गोरखा १ का सांसद तथा पर्यटन व्यवसायी बजगाईँले आफू मन्त्री भएदेखि नै सामाजिक सञ्जालमा विभिन्न आरोप लगाएको पाण्डेले उजुरीमा लेखेका छन्। बजगाईँले पार्टीको आन्तरिक अनुशासन र आफ्नो व्यक्तिगत इमान र निष्ठामा धावा बोलेको उनको जिकिर छ।

मन्त्री पाण्डेले बजगाईँले अमर्यादित, अवाञ्छित, अराजक तथा गैरकानूनी कार्य गरेको भन्दै अनुसन्धान गरी आवश्यक कारवाहीको माग गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...