News Portal

देउवाको गृहजिल्ला डडेल्धुरामा स्वागत गर्न फूलमालासहित उपस्थित हुन उर्दी जारी

हिमालीसंचार संवाददाता
२३२ पटक

काठमाडौँ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको स्वागतमा फूलमालासहित उपस्थित हुन नेपाली काँग्रेस डडेल्धुराले उर्दी गरेको छ।

काँग्रेस डडेल्धुरा सभापति भीमबहादुर साउदले विज्ञप्ति निकालेर पार्टीका नेता कार्यकर्तालाई स्वागतमा उपस्थित हुन निर्देशन दिएका हुन्। काँग्रेस केन्द्रीय समिति सदस्य समेत रहेकी मन्त्री राणा शुक्रबार डडेलधुरा जाँदै छिन्।

शुक्रबार दिउँसो ३ः३० बजे डडेल्धुरा बसपार्कमा फूलमालासहित स्वागतका लागि उपस्थित हुन साउदले एक विज्ञप्तिमार्फत निर्देशन दिएका छन्।

‘महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, प्रदेशसभा क्षेत्रीय कार्यसमितिहरू, पालिका कार्यसमितिहरू, वडा कार्यसमितिहरू, टोल कार्यसमितिहरू, भातृ तथा शुभेच्छुक संघसंस्थाका सम्पूर्ण कार्यसमितिहरू, क्षेत्रीय प्रतिनिधिहरू, क्रियाशील सदस्यहरू, उद्योगी व्यापारीहरू तथा नेपाली काँग्रेसप्रति आस्थावान सम्पूर्ण महानुभावहरूलाई डडेल्धुरा बसपार्कमा फूलमालासहित उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ,’ साउदद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १३ गतेको राशिफल

आज फागुन १३, २०८२ ( फेब्रुअरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

समाचारबारे हिमाली सञ्चारको औपचारिक स्पष्टीकरण

काठमाडौं । अनलाइन मिडिया हिमाली संचार डट कमले यसअघि प्रकाशित दुई समाचारसम्बन्धी खण्डन सार्वजनिक गरेको...

जजिरा एयरलाइन्सको लापरवाही १७ नेपाली यात्रुको सामान कुवेतमै अलपत्र, नेपाल ल्याउन फेरि शुल्क माग

कुवेत। कुवेतबाट काठमाडौँका लागि हिजो बेलुका उडेको जजिरा एयरलाइन्सको नियमित उडानमा १७ जना यात्रुको सामान...

आज २०८२ साल फागुन १२ गतेको राशिफल

आज फागुन १२, २०८२ ( फेब्रुअरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

झापा–५ मा बालेनको प्रतिबद्धता पत्र सार्वजनिक, दमक भ्यूटावर सञ्चालन पहिलो प्राथमिकतामा

काठमाडौं, ११ फागुन – झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र...