News Portal

देउवाको गृहजिल्ला डडेल्धुरामा स्वागत गर्न फूलमालासहित उपस्थित हुन उर्दी जारी

हिमालीसंचार संवाददाता
२१६ पटक

काठमाडौँ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको स्वागतमा फूलमालासहित उपस्थित हुन नेपाली काँग्रेस डडेल्धुराले उर्दी गरेको छ।

काँग्रेस डडेल्धुरा सभापति भीमबहादुर साउदले विज्ञप्ति निकालेर पार्टीका नेता कार्यकर्तालाई स्वागतमा उपस्थित हुन निर्देशन दिएका हुन्। काँग्रेस केन्द्रीय समिति सदस्य समेत रहेकी मन्त्री राणा शुक्रबार डडेलधुरा जाँदै छिन्।

शुक्रबार दिउँसो ३ः३० बजे डडेल्धुरा बसपार्कमा फूलमालासहित स्वागतका लागि उपस्थित हुन साउदले एक विज्ञप्तिमार्फत निर्देशन दिएका छन्।

‘महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, प्रदेशसभा क्षेत्रीय कार्यसमितिहरू, पालिका कार्यसमितिहरू, वडा कार्यसमितिहरू, टोल कार्यसमितिहरू, भातृ तथा शुभेच्छुक संघसंस्थाका सम्पूर्ण कार्यसमितिहरू, क्षेत्रीय प्रतिनिधिहरू, क्रियाशील सदस्यहरू, उद्योगी व्यापारीहरू तथा नेपाली काँग्रेसप्रति आस्थावान सम्पूर्ण महानुभावहरूलाई डडेल्धुरा बसपार्कमा फूलमालासहित उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ,’ साउदद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रतिकृया दिनुहोस्

रास्वपा–उज्यालो नेपाल एकता टुंगियो, कुलमान–रवि–बालेन छलफल असफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीचको एकता...

अवैधानिक रुट, दलालको जालो र राज्यको मौनताले महिला असुरक्षित

कुवेत– पछिल्लो समय कुवेतमा नेपाली घरेलु कामदारहरूको समस्या गम्भीर बन्दै गएको छ। समस्या समाधानतर्फ नेपाल...

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...