News Portal

प्रदेशसभाका स्वतन्त्र उम्मेदवार ठगुन्ना नेपाली कांग्रेसमा प्रवेश

हिमाली संचार संवाददाता
६६५ पटक

दार्चुला : नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्र बडुको गृहजिल्ला दार्चुलामा कांग्रेस प्रवेशको लहर चलेको छ। यसैक्रममा यहाँको प्रदेशसभा क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार रघुविर सिह ठगुन्ना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

प्रदेशसभा क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिए चुनाव लडेका समाजसेवी ठगुन्ना आज एक कार्यक्रमका विच नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

वर्तमान सरकारका कामकारबाही देखी उदासिन र दुखी भएका ठगुन्नाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा प्रवेश गरी सरकारलाई सही दिशा तर्फ लाग्न सुझाव दिन नेपाली कांग्रेसमा प्रवेश गरेको प्रतिक्रिया दिएका छन् । साथै उहाले नेपाली कांग्रेसको राष्ट्रियता लोकतन्त्र र समाजबाद मन परेका कारण प्रवेश गरेको समेत बताएका छन् ।

समाजसेवी ठगुन्नालाई नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य माननिय दिलेन्द्र प्रसाद बडूले नेपाली कांग्रेसको सदस्यता वितरण गर्दै आफ्नो पार्टीमा स्वागत गर्नु भएको छ । यस्तै महाकाली नगरपालिका वडा नम्बर ५ किम्तडीका नेकपाका क्रियाशिल सदस्य जय सिह बोहरालाई समेत पार्टीमा स्वागत गर्नु भएको छ । बोहरा नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश हुनु भएको छ ।

यसैगरी ब्याँस गाउँपालिका वडा नम्बर ४ सुन्सेराका अनविर सिह कुवरलाई पनि नेपाली कांग्रेस पार्टीमा स्वागत गरिनुका साथै सदस्यता वितरण गरिएको छ । कुवरले नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गर्नु भएको हो ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...