News Portal

कांग्रेसकै नेता खड्काले ‘नामर्द’ भनेपछि मोहन बस्नेत आक्रोशित

वडामा चुनाव जितेर देखाउन चुनौति !

हिमालीसंचार संवाददाता
२९९ पटक

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले ‘नामर्द’ हुने दिन आएको खण्डमा राजनीति नै छाडिदिने बताएका छन्।

नेपाली कांग्रेस दोलखा काठमाडौं सम्पर्क समितिले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा नेता ताराबहादुर खड्काले बस्नेतलाई नामर्द भनेपछि उनी आक्रोशित भएका थिए।

पूर्वमन्त्री बस्नेतले नेता खड्कालाई आफ्नो वडामा चुनाव जितेर देखाउनसमेत चुनौति दिए। आफूले पशुपति शमशेर र अमृतकुमार बोहरालाई समेत हराएको स्मरण गराउँदै उनले ‘म कसरी नामर्द ?’ भन्दै आक्रोश व्यक्त गरे।

‘आज मलाई मनै नपर्ने शब्द यहाँ आइलाग्यो– नामर्द। म इतिहासमा नामर्द कहिल्यै थिईन, नामर्द हुन्न, नामर्द हुने दिन आयो भने म राजनीति पनि गर्दिनँ। गर्दै गर्दिनँ। पशुपति शमशेर र अमृतकुमार बोहरालाई एकै ठाउँमा हराउने मान्छे म। म नामर्द हुन्छु ? अहिले मलाई २ नम्बर क्षेत्र पठायो, इतिहासमा त्यहाँ कहिल्यै चुनाव जितेकै थिएन कांग्रेसले। १२ हजार मतान्तरले मैले चुनाव जितेको छु। म नामर्द हुन्छु ? मेरो पालिका, वडाको कुरा गर्नुहुन्छ भने चुनावमा म बस्नै पर्दैन। मलाई मञ्चमा नामर्द भनिहाल्नुभो। ताराजी सजिलो भएको भए तपाईँको वडा पनि त चुनाव जित्थ्यो होला नि। तपाईको पालिका पनि चुनाव जितिन्थ्यो होला नि ? सजिलो काम छैन यो। गफ दिएरमात्रै हुँदोरहेनछ,’– आक्रोश व्यक्त गर्दै उनले भने।

साथै, फरक प्रसंगमा उनले आफू स्वास्थ्यमन्त्री भएको बेलामा गरेको कामको बेलिबिस्तार सुनाए। उनले आफूले सूर्तिजन्य पदार्थमा कर बढाएर बास्केट फन्ड स्थापना गरी गरिब र विपन्नलाई उपचारको व्यवस्था गर्न खोज्दा आफ्नै पार्टीका तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले नमानेको उनले बताए।

जनकपुर चुरोट कारखाना लिमिटेड खाईदिने सुर्य टोवाको प्रेसरमा तत्कालीन अर्थमन्त्री महतले सुर्तिजन्य पदार्थमा कर बढाउन नमानेको उनको आरोप छ।

‘मैले सुर्तीजन्य पदार्थमा कर बढाऔं, बास्केट फन्डमा पैसा राखौं, यसमा २०औं, २५औं अर्ब पैसा हुन्छ, यसले देशभरीका अस्पतालहरुमा गरिब र विपन्नका लागि निःशुल्क उपचार गराउने फन्ड व्यवस्था गरौं भनेर प्रकृया अगाडि बढाउँदा हाम्रै अर्थमन्त्री ज्यान गए मान्दैनन्। हुँदोरहेछ के भने जनकपुर चुरोट कारखाना खाइदिने सूर्य टोवाले प्रेसर गर्छ, अनि कर बढाउनै नमान्ने,’– उनले भने।

प्रतिकृया दिनुहोस्

रास्वपा–उज्यालो नेपाल एकता टुंगियो, कुलमान–रवि–बालेन छलफल असफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीचको एकता...

अवैधानिक रुट, दलालको जालो र राज्यको मौनताले महिला असुरक्षित

कुवेत– पछिल्लो समय कुवेतमा नेपाली घरेलु कामदारहरूको समस्या गम्भीर बन्दै गएको छ। समस्या समाधानतर्फ नेपाल...

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...