News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • रवि लामिछानेको बयान सकियो, तिहारपछि अदालत उपस्थित गराइने

    हिमालीसंचार संवाददाता
    ७२ पटक

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी अधिकृतहरुले जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीको रोहबरमा उनको बयान लिएका हुन् ।

    सहकारी ठगी सम्बन्धमा प्रहरीले गरिरहेको अनुसन्धानका विविध विषयहरुमा उनीसँग प्रश्न सोधिएको कास्कीकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले बताइन् ।

    पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताले राखेको रकम अपचलन गरेको आरोपमा अनुसन्धानका लागि प्रहरीले २ कात्तिकमा रविलाई रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेको थियो ।

    गोर्खा मिडिया नेटवर्कमा काम गर्न जाँदा आफूले ‘स्वेट शेयर’वापत आएको शेयरवापत १ करोड ८० लाख रुपैयाँ पारिश्रमिकबाट कट्टा हुने गरी त्यहाँ काम गर्न गरेको लामिछानेले वयानमा भनेका छन् ।

    जिल्ला प्रहरी कार्यालय कास्की स्रोतका अनुसार, उनले बयानका क्रममा आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । रविले सूर्यदर्शन सहकारीमा आफू शेयर सदस्य, कर्मचारी, ऋणी वा अन्य कुनै भूमिकामा नरस्रोतका अनुसार, उनले सहकारीमा बचत वा ऋणका लागि कुनै पनि किसिमको खाता नखोलेको बताएका छन् ।

    ‘मेरो नाममा ऋण निकासी भएको विषयमा पनि मलाई थाहा थिएन, मैले सहकारीबाट ऋण लिएको पनि थिइनँ’, उनको बयान उदृत गर्दै स्रोतले भन्यो, ‘गितेन्द्रबाबु राईले खोलेको कम्पनी गोर्खा मिडिया नेटवर्क प्रालिले चलाएको ग्यालेक्सी फोरके टिभीमा मलाई सीधा कुरा जनतासँग कार्यक्रम सञ्चालन गर्नका लागि अनुरोध गरेकाले म मासिक पारिश्रमिक लिने गरी उक्त कम्पनीमा गएको हुँ ।’

    गोर्खा मिडिया नेटवर्कमा काम गर्न जाँदा आफूले ‘स्वेट शेयर’वापत आएको शेयरवापत १ करोड ८० लाख रुपैयाँ पारिश्रमिकबाट कट्टा हुने गरी त्यहाँ काम गर्न गएको लामिछानेले भनेका छन् ।

    उनले आफू गोर्खा मिडिया नेटवर्कमा आर्थिक कारोबार हेर्ने व्यक्ति नभएको भन्दै भनेका छन्, ‘म कार्यकारी सञ्चालक पनि थिइनँ, सम्पूर्ण आर्थिक कारोबार गितेन्द्रबाबु राईबाटै चल्थ्यो ।’

    आफूले कार्यक्रम चलाउने र व्यवस्थापक भएर मात्र काम गर्ने गरेको रविले बताएका छन् । ‘मेरो उपस्थितिमा कुनै पनि सहकारीबाट ऋण लिने काम भएको छैन । त्यसक्रममा मेरो संलग्नता पनि छैन’, लामिछानेले भने, ‘रवि लामिछानेको नाममा प्रवाह भएको ऋणको सम्बन्धमा त्यो व्यक्ति म होइन ।’

    आफूले कम्पनी छाड्दा पनि कुनै रकम नलिएको उनले बताएका छन् । सरकारी वकिल कार्यालयका अधिकारीहरुका अनुसार, उनको बयान सकिएपछि प्रमाणीकरण पनि गरिएको छ ।

    लामिछानेलाई अदालतले ८ कात्तिकमा थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । त्यसअनुसार बिहीबार उनलाई अदालतमा उपस्थित गराउनुपर्थ्यो । तर, अदालत विदा भएकाले लामिछानेलाई २० कात्तिकमा अदालत हाजिर गराएर थप अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति मागिने जिल्ला न्यायाधिवक्ता काफ्लेले बताइन् ।

    बयान सकिएपनि थप अनुसन्धान बाँकी रहेकाले म्याद थप गर्न पेश गरिने जिल्ला प्रहरी कार्यालय, पोखराका एसपी श्यामबाबु ओलियाले अनलाइनखबरसँग बताएका छन् । ‘यही मुद्दामा संलग्न अन्य व्यक्तिहरुलाई पनि खोजी गरिरहेका छौं, कतिपय विषयमा अझै बुझ्न बाँकी छ’, उनले भने, ‘त्यसैले उहाँलाई फेरि अदालत उपस्थित गराएर म्याद माग्छौं ।’

    प्रहरीले रविको मोबाइल पनि फरेन्सिक जाँचका लागि प्रहरी प्रधान कार्यालय, नक्साल पठाएको छ । यही अवधिमा रविलाई पक्राउ गर्न जिल्ला अदालत, रुपन्देहीले पनि अनुमति दिइसकेको छ । सुप्रिम सहकारीमा बचतकर्ताको रकम हिनामिना भएको प्रकरणमा पूरक जाहेरी परेपछि उनीविरुद्ध पक्राउ अनुमति जारी भएको हो ।

    सांसद् सूर्यबहादुर थापा नेतृत्वको संसदीय छानबिन समितिले  रवि प्रबन्ध निर्देशक भएका बेला पाँच वटा सहकारीको ६५ करोड रुपैयाँ गएको प्रतिवेदन दिएको थियो । पोखराको सूर्यदर्शनसँगै काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा, वीरगञ्जको सानो पाइला र नेपालगञ्जको समानता सहकारी संस्थाबाट गोर्खा मिडियामा रकम गएको विषयमा रविको संलग्नताबारे अनुसन्धान गरिरहेको छ ।

    लामिछाने नेतृत्वको रास्वपाले भने सभापतिप्रति प्रतिशोध साधिएको दाबी गर्दै प्रदर्शन गरिरहेको छ । रास्वपा नेताहरुले सत्तारुढ दलका शीर्ष नेताहरुलाई समेत भेट गरेर रविलाई रिहा गर्न सहयोग मागिरहेका छन्।

    प्रतिकृया दिनुहोस्

    फुकुवा भयो भैरहवामा धेरै उडान गर्ने शर्तमा थाई एयर एसियाको उडान

    काठमाडौं। काठमाडौंको तुलनामा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट धेरै उडान गर्ने सर्तमा थाई एयर एसियाको उडान...

    गंगा जमुना मेला कार्तिक २६ गते

    धादिङ -धार्मिक प्राकृतिक सुन्दरता बोकेको गंगा-जमुना झरनालाई सरकारले पर्यटकीय गन्तव्यका रुपमा २०७७ मै छनोट गरिसकेको...

    रवि लामिछानेको बयान सकियो, तिहारपछि अदालत उपस्थित गराइने

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ । जिल्ला प्रहरी...

    आज धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मीको पूजा गरिँदै

    काठमाडौं। यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना...

    कार्तिक १५ गते बिहीबारको तपाईको आजको राशिफल

    आज मिति वि.सं.२०८१ कार्तिक १५ गते बिहीबार || सन् २०२४ अक्टोबर ३१ तारिख || नेपाल...