News Portal

तानाशाही शैलीमा स्पष्टीकरण सोध्ने र धम्क्याउने कार्यको विरोध गरौं – भीम रावल

हिमालीसंचार संवाददाता
३२० पटक

काठमाडौं। नेकपा (एमाले)का नेता भीम रावलले जनताको बहुदलीय जनवाद, पार्टी परम्परा र संवैधानिक हकविपरीत नेता–कार्यकर्तालाई स्पष्टीकरण सोधिएको भन्दै आपत्ति जनाएका छन्।

उनले सोमबार सामाजिक सञ्जाल एक्समा लेख्दै सुदूरपश्चिम प्रदेश कमिटी, अछाम र कैलाली जिल्ला कमिटीका सदस्यहरूलाई तानाशाही शैलीमा स्पष्टिकरण सोधिएको आरोप लगाएका हुन्।

‘एमालेको जबज, परम्परा र संवैधानिक हकविपरीत कुनै बैठक र छलफलबिना पदको दुरूपयोग गर्दै सुदूरपश्चिम प्रदेश कमिटी, अछाम र कैलाली जिल्ला कमिटीका सदस्यहरूलाई तानाशाही शैलीमा स्पष्टीकरण सोध्ने र धम्क्याउने गलत कार्यको सबै न्यायप्रेमी, इमानदार र सिद्धान्तनिष्ठ व्यक्तिहरूले विरोध र प्रतिवाद गरौं,’ उनले लेखेका छन्।

पार्टीको सचिवालय बैठकले पार्टीको नीतिविपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधेको थियो। त्यसविरूद्ध रावलको गृहजिल्लाका एमालेका नेता–कार्यकर्ताले प्रदर्शनसमेत गरेका थिए। आफ्नो पक्षमा उभिनेप्रति स्पष्टीकरण सोधिएको भन्दै उनले आपत्ति जनाएका हुन्।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...