News Portal

एमालेको साख माटोमा मिलेको छैन, ८४ मा देखाइदिन्छु – केपी ओली

हिमालीसंचार संवाददाता
३१० पटक

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो साख गिर्‍यो भन्नेहरु कसैद्वारा परिचालित भएको जिकिर गरेका छन्।

उनले एमाले र आफ्नो साख माटोमा मिलेको भन्नेहरुलाई २०८४ सालको निर्वाचनमा देखाइदिने बताएका हुन्। एमालेको साख नघटेको र आफूहरुले नै राष्ट्रिय राजनीतिकलाई नेतृत्व गरिरहेको प्रधानमन्त्री ओलीको भनाई थियो।

उनले भने– ‘केपी ओलीको पहिलेको साख गयो, खत्तमै भयो, माटोमा मिल्यो भनेर कराएका छन। औषधि बेच्ने कराउथ्यो उहिले, त्यसै गरेर कराएका छन्। केपी ओलीको साख झर्यो। यिनको काम त्यो हो । त्यसका लागि नै यिनीहरु यहाँ जन्मेका हुन्, जन्माइएका हुन्। यी खटेका छन, खटाइएका हुन्। त्यसकारण यो भ्रममा नपरौं। जनताको त्यत्तिको सचेत छ, नबोलेको हो। नेकपा एमालेले अव सभाहरु गर्दै जान्छ, त्यतिबेला हेरौं–नेकपा एमालेको साख घटेको छ कि छैन ? २०८४ को निर्वाचनमा हेरौं–नेकपा एमालेका साख घटेको छ कि छैन ? केपी ओलीको साख घटेको छ कि छैन–२०८४ को निर्वाचनमा हेरौँ। कसलाई मन पर्छ, पर्दैन। तर हामी त राष्ट्रिय राजनीतिकलाई ड्राइभ गरिराखेका छौँ त।’

प्रधानमन्त्री ओलीले सरकार ढल्छ भनेर विपक्ष दलहरुले जनतामा भ्रम छर्ने कोशिस गरिरहेको पनि दोहोर्‍याए।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...