News Portal

एमालेको साख माटोमा मिलेको छैन, ८४ मा देखाइदिन्छु – केपी ओली

हिमालीसंचार संवाददाता
२६२ पटक

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो साख गिर्‍यो भन्नेहरु कसैद्वारा परिचालित भएको जिकिर गरेका छन्।

उनले एमाले र आफ्नो साख माटोमा मिलेको भन्नेहरुलाई २०८४ सालको निर्वाचनमा देखाइदिने बताएका हुन्। एमालेको साख नघटेको र आफूहरुले नै राष्ट्रिय राजनीतिकलाई नेतृत्व गरिरहेको प्रधानमन्त्री ओलीको भनाई थियो।

उनले भने– ‘केपी ओलीको पहिलेको साख गयो, खत्तमै भयो, माटोमा मिल्यो भनेर कराएका छन। औषधि बेच्ने कराउथ्यो उहिले, त्यसै गरेर कराएका छन्। केपी ओलीको साख झर्यो। यिनको काम त्यो हो । त्यसका लागि नै यिनीहरु यहाँ जन्मेका हुन्, जन्माइएका हुन्। यी खटेका छन, खटाइएका हुन्। त्यसकारण यो भ्रममा नपरौं। जनताको त्यत्तिको सचेत छ, नबोलेको हो। नेकपा एमालेले अव सभाहरु गर्दै जान्छ, त्यतिबेला हेरौं–नेकपा एमालेको साख घटेको छ कि छैन ? २०८४ को निर्वाचनमा हेरौं–नेकपा एमालेका साख घटेको छ कि छैन ? केपी ओलीको साख घटेको छ कि छैन–२०८४ को निर्वाचनमा हेरौँ। कसलाई मन पर्छ, पर्दैन। तर हामी त राष्ट्रिय राजनीतिकलाई ड्राइभ गरिराखेका छौँ त।’

प्रधानमन्त्री ओलीले सरकार ढल्छ भनेर विपक्ष दलहरुले जनतामा भ्रम छर्ने कोशिस गरिरहेको पनि दोहोर्‍याए।

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...