News Portal

कुलमानलाई बर्खास्त गर्ने प्रधानमन्त्री ओलीको तयारी

देउवाले पनि दिए हटाउन ग्रिन सिग्नल

हिमालीसंचार संवाददाता
३१७ पटक

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई हटाउने भएका छन्। कुलमानले आफूहरुले दिएको निर्देशन एकपछि अर्को गरेर लत्याएको भन्दै प्रधानमन्त्री ओलीले उनलाई हटाउने तयारी गरेका छन्।

यसको लागि उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सहमति लिईसकेको विश्वस्त स्रोतको दाबी छ। यद्धपी कांग्रेसकै प्रभावशाली नेता डा. शेखर कोइरालाले भने आजमात्रै कुलमानले विद्युतको बक्यौता उठाउन गरेको पहलको प्रशंसा गरेका छन्।

उनले बक्यौता उठाउने कुरामा सरकार ब्याक भएकोमा शेखरको असन्तुष्टि छ। कुलमानले बिहीबार राति अबेरसम्म उर्जामन्त्री दीपक खड्कासँग छलफल गरेका थिए। सो छलफलमा उद्योगको लाईन नकाट्ने सहमति थियो।

प्रधानमन्त्री ओलीको निर्देशन लिएर कुलमानसँग छलफलमा बसेका दीपकले लामो छलफल गरेर बक्यौता उठाउने विषयमा विकल्पहरु खोज्ने कुरा गरेका थिए। तर, कुलमानले बक्यौता नतिर्ने उद्योगको लाईन नकाट्ने कुरामा मौखिक निर्देशन भएर लिखति निर्देशन खोजको थिए।

क्याविनेट चल्दै गर्दा उर्जामन्त्री खड्काले कुलमानको यही अडान प्रधानमन्त्री ओलीसमक्ष सुनाएका थिए। तर, सरकारबाट लिखित निर्देशन नगएपछि कुलमानले मध्यराति उद्योगको लाईन काटिदिए।

यो विषय अहिले उत्कर्षमा पुगेको छ। सरकार उद्योगीहरुको पक्षमा उभिएको देखाईएको छ। तर, कुलमानले आफूले कानूनी बाटो समातेको भनेर पत्रकार ऋषि धमलासँगको कुराकानीमा स्पष्ट पारिसकेका छन्। केही उद्योगले भने बक्यौता तिरेको कुलमानको भनाई छ।

पहिलो किस्ता तिर्नेहरुको हकमा भने प्राधिकरणले केही लचकता अपनाउनेपनि उनको भनाई छ। कुलमानसँग प्रधानमन्त्री ओलीको पूरानै रिसिईबी बाँकी छ। एमाले पँक्ति कुलमानलाई जिम्मेवारीबाट हटाउनुपर्ने पक्षमा उभिएको छ।

प्रधानमन्त्री ओलीले आज/भोलिभित्रै कुलमानलाई जिम्मेवारीबाट हटाउनेगरि कदम चाल्न लागेका छन्। जसमा उर्जामन्त्री खड्काले पनि साथ दिने भएका छन्। कांग्रेस सभापति देउवालाई पनि साथमै लिएर ओलीले यो कदम चाल्न लागेको सरकारनिकट उच्च स्रोतको दाबी छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १४ गतेको राशिफल

आज फागुन १३, २०८२ ( फेब्रुअरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल फागुन १३ गतेको राशिफल

आज फागुन १३, २०८२ ( फेब्रुअरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

समाचारबारे हिमाली सञ्चारको औपचारिक स्पष्टीकरण

काठमाडौं । अनलाइन मिडिया हिमाली संचार डट कमले यसअघि प्रकाशित दुई समाचारसम्बन्धी खण्डन सार्वजनिक गरेको...

जजिरा एयरलाइन्सको लापरवाही १७ नेपाली यात्रुको सामान कुवेतमै अलपत्र, नेपाल ल्याउन फेरि शुल्क माग

कुवेत। कुवेतबाट काठमाडौँका लागि हिजो बेलुका उडेको जजिरा एयरलाइन्सको नियमित उडानमा १७ जना यात्रुको सामान...

आज २०८२ साल फागुन १२ गतेको राशिफल

आज फागुन १२, २०८२ ( फेब्रुअरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...