News Portal

  • ०७९ को गठबन्धन केपी ओलीको असंवैधानिक कदमविरुद्ध थियो : खड्का

    हिमालीसंचार संवाददाता
    २१३ पटक

    काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन स्थायी नहुने बताएका छन्। शुक्रबार महोत्तरीको जलेश्वरमा आयोजित नेपाली कांग्रेस जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

    गठबन्धनको विषय स्थायी नभएको र गठबन्धन गर्ने निर्णय तत्कालीन राजनीतिक अवस्थामा पार्टीले लिएको रणनीतिक निर्णय भएको उनको भनाइ थियो।

    उनले रणनीतिक निर्णयअन्तर्गत २०७४ सालको निर्वाचनमा स्थानीय तहमा राम्रो गरे पनि सोही गठबन्धन प्रदेश र संघ निर्वाचनमा हुन नसक्दा क्षति व्यहोर्नुपरेको धारणा पनि राखे।

    उनले ०७९ को गठबन्धन तत्कालीन सरकारका प्रमुख (केपी शर्मा ओली)ले पटकपटक असंवैधानिक तरिकाले संविधान मिच्ने, प्रतिनिधि सभाको विघटन गरेका कारण बनाउनुपरेको बताए।

    उनले भने, ‘०७९ को गठबन्धन तत्कालीन सरकारका प्रमुखले पटक पटक असंवैधानिक तरिकाले संविधान मिच्ने, प्रतिनिधि सभाको विघटन गरेका कारण त्यसका विरुद्धमा भएको आन्दोलन, असंवैधानिक कदमको विरुद्धमा सर्वोच्चमा गरेको कानूनी लडाईं, सडकमा गरेको जनप्रदर्शन समेत जोडिएर संसद पुनःस्थापनासँगै सरकार हाम्रा वर्तमान सभापति शेरबहादुर देउवाजीको नेतृत्वमा सर्वोच्च अदालतको परमादेशद्वारा सरकार निर्माणको प्रक्रियामा सर्वोच्च अदालतले दिएको फैसलाको जगमा हामीले जोजो असंवैधानिक कदमको विरुद्धमा उभिए, जुन जुन नेता, जुन जुन पार्टी, नागरिक समाज, सञ्चार जगत आम जनता। त्यो पंक्तिलाई लिएर हामी सरकार निर्माणको प्रक्रियामा अघि बढ्यौँ।’

    उपसभापति खड्काले कांग्रेसले आगामी निर्वाचनमा एकल बहुमतको सरकार बनाउन विगतका कमजोरीहरू बिर्सिएर नयाँ रुपमा अघि बढ्नुपर्ने बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जनता क्याम्पस रंगेलीले छात्र–छात्राहरुलाई सम्मान गर्‍यो

    रविन्द्र बराल/ मोरङ, भदौ ३ – मोरङको रंगेली नगरपालिका–७ मा २०४४ सालमा स्थापना भएको जनता...

    असोज १ देखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य – यातायात विभागको सूचना

    काठमाडौं, भदौ ३ – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले असोज १...

    बालुवाटार बैठकमा उपसभामुख रानाको पदमुक्ति: प्रधानमन्त्रीको प्रस्ताव, कांग्रेसको सहमति

    काठमाडौं, भदौ ३ – प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ कांग्रेस र एमालेका शीर्ष नेताहरूको बैठक...

    दुर्गा प्रसाईंले राजसंस्थासँग दूरी बढाउँदै राष्ट्रवादी ध्वजाबाहकको घोषणा

    काठमाडौं, भदौ ३ – जेलमुक्ति पछि पहिलो पटक आफ्नै निवासमा पत्रकार तथा युट्युबरहरूसँग भेट गरेका मेडिकल...

    नख्खु कारागारमा रहेका रवि लामिछानेको स्वास्थ्य परीक्षणमा भिटामिन ‘डी’को कमी

    काठमाडौं, भदौ ३ – रास्वपा सभापति रवि लामिछानेको स्वास्थ्य परीक्षणका क्रममा भिटामिन ‘डी’को कमी देखिएको...