News Portal

पर्यटक आकर्षित गर्दै मुस्ताङको ढुम्बा ताल

ठाकुरप्रसाद आचार्य
४४० पटक

म्याग्दी। यतिखेर मुस्ताङ भ्रमणको सिजन चलेको छ। आन्तरिक र बाह्य पर्यटकहरुले मुस्ताङ भरिभराउ छ।

मुस्ताङ भ्रमणमा रहेका पर्यटकहरुलाई जोमसोमदेखि नजिक रहेको ढुम्बा तालले आकर्षित गरेको छ। वरीपरीको हिमश्रृङ्खला र तालको सुन्दरताको अवलोकनका लागि दैनिक रुपमा सयौंको सङ्ख्यामा पर्यटकहरु ढुम्बा ताल पुग्ने गरेका छन्।

घरपझोङ गाउँपालिका-५ स्थित ढुम्बा ताल जोमसोमबजारबाट १५ मिनेटको दूरीमा पर्दछ। ताल वरपर भौतिक पूर्वाधार निर्माण गरिएको छ भने, पर्यटकको सुविधाका लागि रेष्टुरेन्ट सञ्चालन गरिएको छ।

निलो रङमा देखिने ताल मुटु आकारको भएकाले मुस्ताङको भ्रमणमा आएका युवायुवतीहरु तालमा पुगेर टिकटक बनाउने, फोटो र भिडियो खिच्ने गर्दछन्।

ढुम्बा ताल प्राकृतिक सुन्दरताको खानी रहेको ताल अवलोकनका लागि पुग्नुभएका पर्वतका प्रमोदराज रेग्मीले बताउनुभयो।

उपल्लो मुस्ताङ, कोरला र मुक्तीनाथ पुग्ने अधिकांश पर्यटकहरु ढुम्बा ताल पुग्ने गरेको घरपझोङ गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष प्रदिप थकालीले बताउनुभयो।

जोमसोमदेखि ठिनी हुँदै ढुम्बा ताल पुग्ने सडक विस्तार र तालवरपर पर्यटन पूर्वाधार निर्माण गरिएकाले पछिल्ला केही वर्षयता तालको अवलोकन गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको उहाँले बताउनुभयो।

समुद्र सतहदेखि करिब ३ हजार मिटरको उचाइमा रहेको ढुम्बा तालको लम्बाइ १ सय ६० मिटर र चौडाइ १ सय ३० मिटर छ। १० मिटर गहिराई भएको ताललाई फन्को लगाउन १५ मिनेट लाग्छ।

प्रतिकृया दिनुहोस्

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...