News Portal

  • टुसासहितको मेथी खाँदा हुने फाइदा

    हिमालीसंचार संवाददाता
    ६०८ पटक

    काठमाडौं। मेथी शरीरको लागि फाइदाजनक छ। धेरैले तौल घटाउन मेथीको प्रयोग गर्छन्। मेथीको दानाले जोर्नी दुख्ने, ढाड दुख्ने र सुन्निने समस्याबाट राहत दिन्छ।

    यसबाहेक मेथीको दानाको पानी मोटोपना घटाउन पनि फाइदाजनक हुन्छ। मेथीको दानाको पानी पिउनाले कपाललाई पनि स्वस्थ र बलियो बनाउँछ।

    ग्यास र एसिडिटीको समस्याबाट पनि राहत दिन्छ। तर, कतिपयले मेथीको दानालाई टुसाएर खाने गर्छन्।

    टुसासहितको मेथी खाँदा हुने फाइदाबारे जानौं–

    टुसाएको मेथीको दानामा ३०–४० प्रतिशत बढी पोषक तत्त्व पाइन्छ। मेथीको दानाले पाचन सुधार गर्न मद्दत गर्छ। मेथीमा फाइबरको मात्रा बढी हुन्छ। यसले पाचन क्रियामा सुधार हुन्छ।

    टुसाएको मेथीको दानाले पेटको स्वास्थ्यलाई राम्रो बनाउन मद्दत गर्छ। यो भिटामिन ‘बी’, भिटामिन ‘सी’ र भिटामिन ‘ई’ र भिटामिन ‘ए’ को राम्रो स्रोत हो। यसबाहेक मेथीमा आइरन र क्याल्सियम जस्ता खनिजहरू पनि पाइन्छ।

    यी सबै पोषक तत्त्वहरू समग्र स्वास्थ्यको लागि राम्रो मानिन्छ। मेथीको दाना मधुमेहका बिरामीका लागि पनि फाइदाजनक हुन्छ।

    रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ भन्ने धेरै अध्ययनले देखाएको छ। सुन्निएको शरीरलाई कम गर्न सकिन्छ। यसले तौल घटाउन पनि मद्दत गर्छ र कोलेस्ट्रोलको स्तर नियन्त्रण गर्न पनि मद्दत गर्छ।

    टुसाएको मेथीको दाना कसरी खाने ?

    टुसाएको मेथीको दानालाई तपाईं सलादमा जसरी खान सक्नुहुन्छ। यसका साथै पोहा, उपमा वा ओट्समा मिसाएर पनि खान सकिन्छ। बिहान मेथीको पानी पिएपछि त्यसलाई पिसेर पीठोमा मिसाएर रोटी बनाउन सकिन्छ। भिजेपछि र टुसाएपछि मेथीको स्वाद तितो हुँदैन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सिनामंगलमा असईद्वारा चार महिनाको शिशुको हत्या, नागढुंगाबाट पक्राउ

    काठमाडौं, २२ मंसिर – राजधानीको सिनामंगलमा एक प्रहरी अधिकृतले आफ्नै चार महिनाको शिशुको ज्यान लिएपछि घटना...

    आज २०८२ साल मंसिर २२ गतेको राशिफल

    आज मंसिर २२, २०८२ (डिसेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    देशले राजसंस्था खोज्यो, राजाले दलहरुमा लोकतन्त्र खोजे

    – कमला थापा २०८२ मंसिर २१ गते। राजनितिक दलहरुले देश बुझ्न नसकेको या बुझन नचाहेको...

    खजुरीको पफ फिर्ता लिन खाद्य विभागको निर्देशन

    काठमाडौं, मंसिर २१  – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध खजुरीको नेपाल प्रा.लि.को...

    सुमना श्रेष्ठले सरकारको नियतप्रति उठाइन् प्रश्न, प्रहरीमाथि बदला लिने आरोप

    काठमाडौं, मंसिर २१ – पूर्व सांसद र पूर्व मन्त्री सुमना श्रेष्ठले हालैको जेनजी आन्दोलनपछि सरकारको...