News Portal

टुसासहितको मेथी खाँदा हुने फाइदा

हिमालीसंचार संवाददाता
८१७ पटक

काठमाडौं। मेथी शरीरको लागि फाइदाजनक छ। धेरैले तौल घटाउन मेथीको प्रयोग गर्छन्। मेथीको दानाले जोर्नी दुख्ने, ढाड दुख्ने र सुन्निने समस्याबाट राहत दिन्छ।

यसबाहेक मेथीको दानाको पानी मोटोपना घटाउन पनि फाइदाजनक हुन्छ। मेथीको दानाको पानी पिउनाले कपाललाई पनि स्वस्थ र बलियो बनाउँछ।

ग्यास र एसिडिटीको समस्याबाट पनि राहत दिन्छ। तर, कतिपयले मेथीको दानालाई टुसाएर खाने गर्छन्।

टुसासहितको मेथी खाँदा हुने फाइदाबारे जानौं–

टुसाएको मेथीको दानामा ३०–४० प्रतिशत बढी पोषक तत्त्व पाइन्छ। मेथीको दानाले पाचन सुधार गर्न मद्दत गर्छ। मेथीमा फाइबरको मात्रा बढी हुन्छ। यसले पाचन क्रियामा सुधार हुन्छ।

टुसाएको मेथीको दानाले पेटको स्वास्थ्यलाई राम्रो बनाउन मद्दत गर्छ। यो भिटामिन ‘बी’, भिटामिन ‘सी’ र भिटामिन ‘ई’ र भिटामिन ‘ए’ को राम्रो स्रोत हो। यसबाहेक मेथीमा आइरन र क्याल्सियम जस्ता खनिजहरू पनि पाइन्छ।

यी सबै पोषक तत्त्वहरू समग्र स्वास्थ्यको लागि राम्रो मानिन्छ। मेथीको दाना मधुमेहका बिरामीका लागि पनि फाइदाजनक हुन्छ।

रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ भन्ने धेरै अध्ययनले देखाएको छ। सुन्निएको शरीरलाई कम गर्न सकिन्छ। यसले तौल घटाउन पनि मद्दत गर्छ र कोलेस्ट्रोलको स्तर नियन्त्रण गर्न पनि मद्दत गर्छ।

टुसाएको मेथीको दाना कसरी खाने ?

टुसाएको मेथीको दानालाई तपाईं सलादमा जसरी खान सक्नुहुन्छ। यसका साथै पोहा, उपमा वा ओट्समा मिसाएर पनि खान सकिन्छ। बिहान मेथीको पानी पिएपछि त्यसलाई पिसेर पीठोमा मिसाएर रोटी बनाउन सकिन्छ। भिजेपछि र टुसाएपछि मेथीको स्वाद तितो हुँदैन।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...