News Portal

  • सरकारले हिटलर शैलीमा अध्यादेश ल्याउन खोजेको छ, खबरदार !

    किरणमान बज्राचार्य
    २०५ पटक

    कपिलवस्तु। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हिटलर शैलीमा अध्यादेश ल्याउने खोजिएको बताएका छन्।

    सोमबार शिवराज नगरपालिको खेरेन्द्रपुरमा ‘पार्टी लुम्बिनी प्रदेश स्तरीय विस्तारित बैठक’ लाई सम्बोधन गर्दै उनले पार्टी विभाजन गर्ने अध्यादेश ल्याउने दुस्साहस नगर्न सरकारलाई चेतावनी समेत दिए।

    अध्यक्ष नेपालले अरूलाई सिध्याउने हिटलरी शैलीलाई परित्याग गर्न आग्रह गरे। सरकारले अरू पार्टीलाई टुक्राउने दुस्साहस गरे त्यसको परिणाम नराम्रो हुने चेतावनी समेत दिए।

    ‘आज के सूचना आएको छ भने यो सरकारले अध्यादेश ल्याउन खोज्दै छ रे ! म भन्छु खबरदार ! अरू पार्टीलाई टुक्र्याउने दुस्साहस यो सरकारले गर्छ भने त्यसको परिणाम नराम्रो हुनेछ,’ उनले भने, ‘त्यसको परिणाम सरकारले भोग्नुपर्ने हुन्छ। ख्याल होस् अरूलाई सिध्याउँछु भनेर लाग्नेहरू आफैं समाप्त भएर जान्छन्। संसारको इतिहासले बताएको छ। संसार समाप्त गर्छु भन्ने हिटलर मर्ने बेलामा एक्लो थियो। त्यसैले हिटलरी शैलीलाई परित्याग गर्नुस्।’

    आफूहरूमा एमाले वा अध्यक्ष केपी शर्मा ओली कसैसँग पनि बदलाको भावना नभएको पनि उनले धारणा राखे। ‘बरु विकास गरेर देखाउनुहोस्। यो देशले विकास पाएको छैन। देश विकास कसरी गर्ने भन्ने विषयमा हामी सहयोगी बन्छौं। हाम्रो मनमा केपी ओली वा एमाले कसैसँग बदलाको भावना छैन,’ नेपालले भने।

    विचार र मन मिल्नेसँग मोर्चा सहकार्य र हातेमालो गरेर पार्टी अघि बढ्ने उनले बताए। तर, एकता भने नगर्ने नेता नेपालको भनाइ थियाो।

    ‘हामी कतै विलीन हुँदैनौं, कसैले माओवादी, कसैले एमालेसँग एकता गर्छ भन्ने अनावश्यकता चर्चा गरेका छन्। त्यसमा सत्यता छैन,’ उनले भने, ‘कसैले पनि मन खुम्चाउनुपर्ने आवश्यकता छैन। हामी कतै विलीन हुँदैनौं। माओवादी र एमालेसँग विलीन हुँदैनौं।’

    चुनौती धेरै भए पनि पार्टी आफ्नै शक्तिमा उभिएर अघि बढ्दै गएको नेपालले सुनाए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २० गतेको राशिफल

    आज असोज २०, २०८२ (अक्टोबर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...

    इलाममा पहिरो विपद्: १८ जनाको मृत्यु, राजमार्गहरू ठप्प

    इलाम, असोज १९ – लगातारको वर्षापछि इलामका विभिन्न ठाउँमा पहिरो र बाढीका घटनाले ठूलो क्षति...

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...